Skip to content

follow us

baglungkhabar.tv

15th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

जिर्ण पुल अनेरास्ववियू र युवा संघका युवाहरुद्वारा मर्मत

  • ३० कार्तिक २०७८, मंगलवार २०:२४
मर्मत गरिएको पुल । तस्विरः सुनिल पौडेल

बागलुङ, ३० कात्तिक । सामाजिक सञ्जालमा चर्चा पाएको जीर्ण पुलको अस्थायी मर्मत गरिएको छ । काठेखोला–७ रेश र वडा नम्बर ८ लेखानी जोड्ने ढुङ्गे विसौनाको झोलुङ्गे पुल अनेरास्ववियु बागलुङले मर्मत गरेको हो ।

अनेरास्ववियुका बागलुङ जिल्ला संयोजक रोसन कुँवरको नेतृत्वमा गएको युवाहरुले अत्यन्तै जीर्ण रहेको झोलुङ्गे पुलको अस्थायी रुपमा बाँसको प्रयोग गरी मर्मत गरिएको छ ।

पुल मर्मत गर्दै अनेरास्ववियू र युवा संघ बागलुङका युवाहरु ।

अनेरास्ववियुको विपदमा साहरा, विभेदमा बिद्रोह कार्यक्रम अन्र्तगत जीर्ण भएर सामाजिक सञ्जालमा चर्चामा पाएको उक्त पुलको मर्मत भएको अनेरास्ववियु बागलुङका सचिवालय सदस्यका रोशन जिसीले जानकारी दिनुभयो । जीर्ण पुल पक्की बनाउने गरी बजेट बिनियोजन भइसकेको काठेखोला गाउँपालिका–७ रेशका वडा अध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभयो । बजेट विनियोजन भइसकेको छ, स्थानीय पुलको अवस्थाका बारेमा जानकारी नगराएका कारण जिर्ण अवस्थाकै पुलबाट ओहोर दोहोर गर्नु परेको लामिछानेको भनाइ छ ।

सामाजिक सञ्जालमा भत्केको पुलमा जोखिम मोलेर विद्यार्थी खोला तर्दै गरेको दृश्य भाइरल भए लगत्तै अनेरास्ववियुले पुलको मर्मत गरेको हो भने वडा कार्यालयलाई पुलको संरचना परिवर्तन गर्न ध्यानआर्कषण समेत गरेको छ । पुल मर्मतमा अनेरास्ववियु बागलुङका संयोजक रोशन कुँवर, जिल्ला सचिवालय सदस्य रोशन जिसी, जिल्ला सदस्य सुनिल पौडेल र राष्ट्रिय युवा संघ रेशका अध्यक्ष बुद्धि कार्की लगायको सहभागीता रहेको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

कालाञ्जर क्षेत्रमा एक वर्षे महायज्ञ

भर्खरै

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

हरेलो मेलाको आयव्यय सार्वजनिक , ७ लाख ५८ हजार १२३ रुपैयाँ आम्दानी

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki