Skip to content

follow us

baglungkhabar.tv

28th October 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Advertisement

अष्ट्रेलिया पहिलो पटक टि२० विश्वकप च्याम्पियन

  • २९ कार्तिक २०७८, सोमबार ०८:२५

एजेन्सी – शीर्षक्रमका ब्याटर मिचेल मार्शको उत्कृष्ट ब्याटिङको सहयोगमा अष्ट्रेलियाले पहिलो पटक आइसिसी टि२० विश्वकपको उपाधि जितेको छ । टि२० विश्वकप २०२१ को फाइनलमा न्युजिल्यान्डलाई ८ विकेटले हराउँदै पहिलो पटक उपाधि जितेको हो ।

जितको लागि १ सय ७३ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १८.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलिया जितमा मिचेल मार्श ५० बलमा ६ चौका र ४ छक्का सहित सर्वाधिक ७७ रनमा अविजित रहे । अर्का ओपनर डेविड वार्नरले ३८ बलमा ४ चौका र ३ छक्का सहित ५३ रनमा बोल्ड आउट भए । ग्लेन म्याक्सवेल १८ बलमा ४ चौका र १ छक्का सहित २८ रनमा अविजित रहे ।

तीव्र गतिका बलर ट्रेन्ट बोल्टको तेस्रो ओभरको तेस्रो बलमा ओपनर आरोन फिन्च ५ रनमा डर्याल मिचेलबाट क्याच आउट भए । दोस्रो विकेटका लागि दोस्रो विकेटका लागि ५९ बलमा ९२ रनको साझेदारी गर्दै जितको आधार तय गरेका थिए । बोल्टले १३ औं ओभरको दोस्रो बलमा वार्नरलाई बोल्ड आउट गरेका थिए । न्युजिल्यान्डका तीव्र गतिका बलर ट्रेन्ट बोल्टले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७२ रन बनाएको थियो । न्युजिल्यान्डका कप्तान केन विलियम्सनले ४८ बलमा १० चौका र ३ छक्का सहित सर्वाधिक ८५ रनको योगदान दिए । ओपनर मार्टिन गुप्टिलले तेस्रो ओभरको तेस्रो बलमा ब्यक्तिगत १० रनमा जीवनदान पाएका थिए । स्पिनर ग्लेन म्याक्सवेलको बलमा इन साइट एज लागेपनि विकेटकिपर म्याथ्यु वेडले क्याच ड्रप गरेका थिए ।

तीव्र गतिका बलर जोश हेजलवुडको चौथो ओभरको पाँचौं बलमा ओपनर डर्याल मिचेल एज लागेर ११ रनमा वेडबाट क्याच आउट भए । पहिलो विकेटका लागि गुप्टिल र मिचेलले २८ रनको साझेदारी गरेका थिए । दोस्रो विकेटका लागि विलियम्सन र मार्टिन गुप्टिलले ४५ बलमा ४८ रनको साझेदारी गरेका थिए ।

स्पिनर एडम जाम्पाको १२ औं ओभरको पहिलो बलमा गुप्टिल २८ रनमा क्याच आउट भए । ३५ बलमा खेलेका गुप्टिलले ३ चौका प्रहार गरे । विलियम्सनले १६ औं ओभरमा तीव्र गतिका बलर मिचेल स्टार्कलाई ४ चौका र १ छक्का सहित २२ रन प्रहार गरेका थिए । सुरुवाती समय विलियम्सन १९ बलमा १८ रनमा खेलेका थिए । त्यसपछि विलियम्सनले रनको गति बढाएका थिए ।

तेस्रो विकेटका लागि विलियम्सन र ग्लेन फिलिप्सले ३७ बलमा ६८ रनको उत्कृष्ट साझेदारी गरेका थिए । फिलिप्स ठूलो सट खेल्ने धुनमा डिप मिडविकेटमा १८ रनमा क्याच आउट भएका थिए । फिलिप्सले १७ बलमा १ चौका र १ छक्का प्रहार गरे । जोश हेजलवुडको १८ औं ओभरको पाँचौं बलमा ठूलो सट खेलेका विलियम्सन लङअफमा स्टिभ स्मिथबाट क्याच आउट भएपछि शतक बनाउन चुकेका थिए । जिमी निशमले १३ र टिम सिफर्टले ८ रनमा अविजित रहे ।

अष्ट्रेलिया तीव्र गतिका बलर जोश हेजलवुडले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । स्पिनर एडम जाम्पाले १ विकेट लिए । मिचेल स्टार्कले ४ ओभरमा ६० रन खर्चेपनि विकेट लिन सकेनन् ।

अष्ट्रेलिया विजेताले १.६ मिलियन डलर पुरस्कार पाउने छ । उप विजेता टोली न्युजिल्यान्डले ८ लाख डलर प्राप्त गर्ने भएका छ । सेमिफाइनलमा पराजित हुने दुई टोलीले इंग्ल्यान्ड र पाकिस्तानले ४-४ लाख डलर प्राप्त गर्नेछन् । अष्ट्रेलियाले यसअघि दुई च्याम्पियन्स ट्रफी र पाँच विश्वकप उपाधि जितेको छ । अष्ट्रेलियाले १८८७, १९९९, २००३, २००७ र २०१५ मा एकदिवसिय विश्वकप उपाधि जितेको थियो । २००६ र २००९ को च्याम्पियन्स ट्रफी उपाधि जितेको थियो । २०१० मा को टि२० विश्वकप फाइनलमा अष्ट्रेलिया इंग्ल्यान्डसँग ७ विकेटले पराजित भएको थियो ।

अष्ट्रेलिया सुपर १२ को समूह १ मा ५ खेलमा ४ मा जित र १ मा हार सहित दोस्रो स्थानमा रहेर सेमिफाइनल खेलेको थियो । अष्ट्रेलियाले सेमिफाइनलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो । समूह चरणमा दक्षिण अफ्रिकालाई ५ विकेटले हराएको थियो । इंग्ल्यान्डसँग भने अष्ट्रेलिया ८ विकेटले पराजित भएको थियो । श्रीलंकालाई ७ विकेट, बंगलादेश र वेस्टइन्डिजलाई ८–८ विकेटले पराजित गरेको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

रोट्राक्ट क्लब अफ बागलुङको अध्यक्षमा रोका चयन

सिवाईसी साकोसद्वारा बाढीपीडित १४ जना सदस्यलाई ७० हजार रुपैयाँ राहत

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

बागलुङमा सुर्तीजन्य तथा मदिराजन्य पदार्थको नियमन र नियन्त्रण गर्नमा जोड

भर्खरै

धौलागिरि प्रादेशिक अस्पतालको स्तरउन्नती गर्न जनप्रतिनिधि तयार

निसीखोलाका बाढीपहिरो पीडितका लागि राहत आउने क्रम जारी : नदी तटबन्ध गरी बस्ती सुरक्षा र दिगो व्यवस्थापन गर्न माग

न्यूनचापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालभर वर्षा र हिमपातको सम्भावना

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki