Skip to content

follow us

baglungkhabar.tv

6th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

अर्गली मगरले मनाए भुस पोल्ने पर्व

  • २६ कार्तिक २०७८, शुक्रबार २०:४४

बागलुङ, २६ कात्तिक । बागलुङको ताराखोला गाउँपालिकाका मगर समुदायले ऐतिहासिक भुस पोल्ने मेला भव्यताका साथ मनाएका छन् ।

कोरोनाको कारण विगतका दुई वर्ष औपचारिकतामा सीमित उक्त पर्व यो वर्ष हर्षोल्लासका साथ मनाइएको हो । ताराखोला वडा–२ अर्गलमा प्रचलित सो पर्व वर्षेनी कात्तिक २४ देखि २६ गतेसम्म मनाइन्छ ।

सदियौंअघि पाल्पाको अर्गलीबाट बसाइसराइ गरी आएका मगरका पूर्वजले पर्वको चलन बसालेको वडाध्यक्ष भद्रबहादुर घर्ती बताए । अर्गलमा खोरिया खनी थातथलो बसाएको र खेती सुरु गरेको दिनको सम्झनामा भुस पोल्ने पर्व मनाउने गरिन्छ ।

पर्वका अवसरमा प्रकृति पूजाका साथै भुस पोल्ने, छापे खन्ने, मृत्यु संस्कारलगायत सांस्कृतिक गतिविधि हुन्छन् । ताराखोला क्षेत्रमा त्योसँगै परम्परागत सिस्नो खोस्ने, असारे, भदोरै जस्ता मेला, पर्व प्रचलित छन् । त्यहाँको मगर समुदायले सयौं वर्ष पुरानो सांस्कृतिक परम्परालाई धान्दै आएको छ ।

भुस पोल्ने पर्वतको नेतृत्व अर्गल संस्कृति संवर्द्धन समितिले नेतृत्व गर्दै आएको छ । पर्वको अवसरमा ताराखोला गाउँपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको थियो । ताराखोला गाउँपालिका–२ अर्गलमा मनाइने उक्त पर्व अर्गली मगरको चर्चित पर्व हो ।

ताराखोला क्षेत्रको अमरभूमि, अर्गल, हिल र तारा क्षेत्रका मगर समुदायले हरेक वर्ष कात्तिक २४ गते भुस पोल्ने र शंखुवारी खन्ने, २५ गते पितृ कार्य र २६ गते छापो खन्ने वा अर्गासी खनेर मनाउने अर्गलका वडाध्यक्ष घर्तीले बताए । स्थानीय बुढापाकाले बारीमा जौ छरेपछि युवायुवतीले बारी खन्ने गर्छन् ।

कात्तिक २४ गते अर्गलको शंखुवारीमा आगो बालेको धुवाँ देखेपछि हिल र हिलको धुवाँ देखेपछि ताराखोलामा भुस पोल्ने चलन रहेको अर्गल माविका शिक्षक सूर्यबहादुर घर्तीले जानकारी दिए । भुसको रूपमा वर्खेबाली मकै, कोदोको डाँड पोल्ने गरिन्छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

अझै केही दिन मौसाममा सुधार नहुने, वर्षा र बदली हुने

भर्खरै

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki