Skip to content

follow us

baglungkhabar.tv

6th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

प्रेस सेन्टर म्याग्दीको अध्यक्षमा कमल खत्री चयन

  • १६ कार्तिक २०७८, मंगलवार १२:०४

म्याग्दी, १६ कार्तिक । प्रेस सेन्टर म्याग्दीको मंगलबार बेनीमा सम्पन्न चौथो जिल्ला सम्मेलनबाट कमल खत्रीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कमिटि चयन भएको छ ।

कमिटिको उपाध्यक्षमा पदम बिश्वकर्मा, आशिका मल्ल, सचिबमा धिरन खत्री र कोषाध्यक्षमा प्रिया कार्की चयन हुनुभएको छ ।

सम्मेलनले कार्यसमिति सदस्य, प्रदेश र केन्द्रिय परिषद् सदस्य पनि सर्बसम्मत चयन गरेको अध्यक्ष खत्रीले जानकारी दिनुभयो ।

सम्मेलनको अवसरमा प्रेस सेन्टर म्याग्दीले स्थापना गरेको ‘कृष्ण सेन–मदन स्मृति’ पत्रकारिता पुरस्कार पत्रकार धिरन खत्रीलाई प्रदान गरिएको थियो । सेन्टरले बि.स. २०७१ मा द्धन्द्धकालमा दिवंगत पत्रकार कृष्ण सेन इच्छुक र म्याग्दीका सहिद मदन केसीको स्मृतिमा रु. एक लाखको कोष स्थापना गरेको थियो ।

भिमदत्त चलचित्रको बिशेष प्रर्दशनीबाट स्थापना भएको कोषमा गण्डकी प्रदेशसभा सदस्य समेत रहनुभएका सहिद मदन केसीका भाइ बिनोद केसीले पनि सहयोग गर्नुभएको थियो । प्रत्येक दुई दुई बर्षमा प्रदान गरिने पुरस्कार यसअघि कमल खत्री, ठाकुरप्रसाद आचार्य र घनश्याम खड्काले प्राप्त गरिसक्नुभएको छ ।

पुरस्कृत पत्रकार खत्री कारोबार दैनिक, एभिन्युज टेलिभिजन, सम्बृद्ध साप्ताहित, म्याग्दी अनलाइन र कोरला पोष्ट अनलाइनसँग आवद्ध हुनुहुन्छ । शिक्षा, बिज्ञान तथा प्रबिधी मन्त्री देबेन्द्र पौडेल, गण्डकी प्रदेशसभा सदस्य बिनोद केसी, नेकपा माओवादी केन्द्र म्याग्दीका इञ्चार्ज गोबिन्द पौडेल, संयोजक रेशम जुग्जाली लगायतले पुरस्कार बितरण गर्नुभएको थियो ।

सम्मेलन उद्घाटन समारोहमा मन्त्री पौडेलले सकारात्मक परिवर्तनका लागि सञ्चार क्षेत्रको रचनात्मक आलोचना र खबरदारी आवश्यक रहेको बताउनुभयो । “समग्र बिकास र शुसासनका लागि पत्रकारिता क्षेत्र बलियो हुनुपर्छ,” उहाँले भन्नुभयो “प्रेस स्वतन्त्रता र पत्रकारिताको बिकासमा सरकार प्रतिवद्ध छ ।”

मन्त्री पौडेलले म्याग्दीको बिकासका साथै जलबिद्युत, पर्यटन, कृषि, पशुपालन क्षेत्रमा रहेको सम्भावना तथा समस्या उजागर गरि समाधानका उपाय पहिल्याउन पत्रकारिता मार्फत भूमिका निर्बाह गर्नुपर्ने बताउनुभयो । बाग्लुङबाट प्रतिनिधीसभामा प्रतिनिधित्व गर्नुहुने मन्त्री पौडेलले म्याग्दी लगायत समग्र धौलागिरी क्षेत्रको बिकासमा आफ्नो तहबाट प्राथमिकताका साथ सक्रिय रहने प्रतिबद्धता जनाउनुभयो । सम्मेलनपछि भएको शिक्षक, बिद्यार्थी र शिक्षा बिकास तथा समन्वय इकाईका कर्मचारीहरुसँगको भेटघाटका क्रममा मन्त्री पौडेलले शैक्षिक क्षेत्रको समस्या समाधानमा सरकारले प्राथमिकता दिएको बताउनुभयो ।

सम्मेलनमा नेपाली काँग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मी, नेपाल पत्रकार महासंघका गण्डकी प्रदेश समितिका कोषाध्यक्ष राजेन्द्र न्यौपाने, प्रेस सेन्टरका प्रदेश संयोजक अर्जुन काफ्ले लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका उपाध्यक्ष हरिकृष्ण गौतम, प्रेस चौतारीका अध्यक्ष प्रताप बानिया, प्रेस युनियनका अध्यक्ष राकेश शर्मा लगायतले म्याग्दीका पत्रकारहरुको क्षमता बिकासका साथै पत्रकार महासंघ म्याग्दी शाखाको भवन निर्माणमा सघाउन मन्त्री पौडेललाई आग्रह गर्नुभएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

अझै केही दिन मौसाममा सुधार नहुने, वर्षा र बदली हुने

भर्खरै

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki