Skip to content

follow us

baglungkhabar.tv

19th April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

सडक पुगेपछि गाउँ फर्कने बढे

  • १२ कार्तिक २०७८, शुक्रबार ०९:३१

म्याग्दी : पाँच-वर्ष अघि गाउँमा दुःख भयो भनेर म्याग्दीका ग्रामीण भेगहरुबाट शहर झरेकाहरु गाउँमा सडक पुगेर यातायातका साधनहरु संचालन भएपछि पुनः गाउँमा नै फर्किन थालेका छन् । छोराछोरी पढाउने,व्यापार व्यवसाय गर्ने भनेर सदरमुकाम बेनी लगाएत पोखरा काठमाण्डौं गएका ग्रामीण भेगका व्यक्तिहरु गाउँमा विकासका पूर्वाधारहरु विस्तार भएर जनजीवन सहज बन्दै जान थालेपछि गाउँ फर्किएका स्थानीय जनप्रतिनिधिहरुले बताएका छन् ।

म्याग्दीको दुर्गम गाउँ मानिने धवलागिरि गाउँपालिका ५ मल्कवाङमा गत वर्ष मोटरबाटो जोडिएर यातायातका साधनहरु संचालन हुन थालेपछि दुर्गम गाउँ भनेर सहर पसेकाहरु धमाधम  गाउँ फर्कन थालेका मल्काबाङका मुकुन छन्त्यालले बताए ।

पोखराबाट हालैमात्र गाउँ फर्किनुभएका ६७ वर्षिय दलप्रसाद छन्त्याल आफ्नै घरको आँगनमा गाडीबाट झरेर घरभित्र छिर्न पाएपछि मख्ख परे। दलप्रसाद जस्तै गाउँका जेष्ठ नागरिकहरु आफ्नै घरदैलोमा नै गाडी गुडेको देख्दा अचेल फुरुङ छन् ।

रघुगंगा गाउँपालिका वडा नं ६ पाखापानी र ठाडाखानीमा पनि शहरबाट गाउँ फर्कनेहरुको संख्या बृद्धि भएको वडासदस्य टेकजित छन्त्यालले बताए।पाखापानी र ठाडाखानीमा मात्रै पोखरा ,काठमाडौं र बेनी लगाएतका शहरबाट डेढ दर्जन भन्दा बढी व्यक्तिहरु गाउँमा फर्किएका उनले जानकारी दिए । जिल्लाका अन्य स्थानीय तहहरुमा पनि शहरबाट गाउँ फर्किनेहरुको लर्को लाग्न थालेको छ ।

गाउँमा विकासका पूर्वाधारहरु पुग्नु,विद्यालय,स्वास्थ्यचौकी,खानेपानी,बजार लगाएत सम्पूर्ण कुराहरुको सुविधा प्राप्त हुँदै गएपछि शहरको बसाइलाई बीट मारेर गाउँ फर्किनेहरु बढेका मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले बताए ।

उता धवलागिरि गाउँपालिकामा पनि गाउँका घरहरु भरिन थालेका छन् । पहिला पहिला बृद्धवृद्धाहरु मात्रै देखिने गाउँहरुमा अहिले बालबालिका र महिलाहरु पनि थपिएपछि गाउँहरुको रौनक बढेको मुनाका जीवन क्षेत्रीले जानकारी दिए। उनका अनुसार युवाहरु अझै पनि वैदेशिक रोजगार वा शहरमा पढाइ र अन्य कामहरुले गर्दा गाउँ फर्किन सकेका छैनन् ।

‘गाउँमा युवाहरु कमी नै छन्, तर शहरमा राखेका आफ्ना जहान परिवारलाई गाउँमा फर्काएर युवाहरु बैदेशिक रोजगार वा शहरमा नै व्यापार,व्यवसाय वा जागिर गरेर बसेका छन्’ क्षत्रीले भने ।

बुढेसकालमा भए पनि गाउँमा विकासको लहर देख्न पाउँदा ‘डाँडामाथिका घाम’ जस्तै बनेका बृद्धबृद्धाहरु दङ छन् । ‘हाम्रो पालमा नुन लिन थाकखोला र चामल लिन बटौली जानुपर्थ्यो’ सेरका ८४ वर्षिय भविलाल सापकोटाले भने ‘अहिले त नुन चामल पनि गाडी चढेर सररर दैलैमा पो आइपुग्छ,दुःखै छैन, हाइसन्चो छ ।’ छन्त्याल जातिको बाहुल्य रहेको मल्कबाङमा पनि सडक पुगेपछि गाउँ छोडेर बजार गएकाहरु घर फर्कन थालेका छन् ।

‘करिब तीन सय घरपरिवार रहेको मल्कबाङमा दुई वर्ष अघिसम्म ५० घरमा मात्रै मान्छे बस्थे तर अहिले दुईसय भन्दा बढी घरमा मान्छे भरिएका छन्, सडक पुगेपछि गाउँले घर फर्कन हुन ’ स्थानीय अमृत छन्त्यालले बताए ।

गाउँले अहिले दैनिकजसो मोटरसाइकल, जिप र ट्याक्टरमायात्रा गर्न थालेको वडाध्यक्ष खड्ककुमारी छन्त्यालले बताए । यातायातको पहुँचसँगै अरु विकासका काम गर्न पनि सजिलो भएको उनको अनुभव छ ।

गाउँबाट सदरमुकाम बेनीसम्मको दूरी पनि छोटिएको छ । वडाभित्रका मुख्य बस्तीमा १ वर्षभित्र सहायक बाटो विस्तार गर्न ३५ लाख बजेट विनियोजन भएको छ । वडाअध्यक्ष छन्त्याल भन्छन् ‘गाउँको उत्पादन बजारसम्म पुग्छ, सडकले आम्दानीको स्रोत पनि बढाएको छ ।’

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

बागलुङ २ मा रास्वपाका शर्मा विजयी

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

बागलुुङको बुर्तिवाङमा छतबाट खसेर बालक घाइते

भर्खरै

एक महिने ब्यूटिसियन र १५ दिने नेपाली खाना बनाउने (कुक) तालिम प्रदान

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

कालीगण्डकी नदी तटका विभिन्न स्थलका व्यानर प्रदर्शन

सुनमा प्रतितोला १०० रुपैयाँ र चाँदी ३० रुपैयाँले बढ्यो

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki