Skip to content

follow us

baglungkhabar.tv

6th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

के कफी स्वस्थकर छ ?

  • ११ मंसिर २०७७, बिहीबार ०७:५०

कफी पिउनाले स्वास्थ्यमा सकारात्मकका साथसाथै नकारात्मक प्रभाव पार्ने एक अध्ययनले देखाएको छ । २० हजार जनामा गरिएको उक्त अध्ययनले सही तरिकाबाट कफी पिउने मानिसहरू धेरै बाँच्छन् भनी उल्लेख गरेको छ ।

उक्त अध्ययन प्रतिवेदनमा कफीले टाइप टु डायबिटिज,‚ कलेजोसम्बधी रोग‚ कोलोरेक्टर क्यान्सर‚, अल्जाइमर र छालाको क्यान्सरको रोकथाममा पनि सहयोग गर्ने उल्लेख छ । तर, कफी कस्तो अवस्थामा पिउने भन्ने कुराको हेक्का राखेरमात्र पिउनुपर्छ । होइन भने यसले अनेक रोग निम्त्याउन सक्छ । यसमा कफिनको मात्रा बढी हुने भएकाले निद्रा नलाग्ने हुन्छ ।

यदि गर्भवती महिलाले अत्याधिक मात्रामा कफी पिएमा गर्भपतन हुन सक्ने‚, शिशु अपरिपक्व जन्मनेलगायतका समस्या देखिने अध्ययनले देखाएको छ । बढी मात्रामा कफिन मिश्रित पदार्थ पिउनाले मुटूको धड्कन दर औसतको भन्दा बढी हुने अमेरिकन हार्ट एशोसियसनका प्रवक्ता भिन्स बफालिनोले बताए ।

‘हाइपर टेन्सन र अनियमित धड्कनको दर पनि कफिनका कारणले वृद्धि हुन्छ। यदि मानिस स्वस्थ छ भने दैनिक २ कपसम्म कफि पिउनु नराम्रो होइन तर यदि आफ्नो अवस्था प्रतिकूल छ भने कफिन पदार्थबाट बनाइएका कुनैपनि कुराको सेवन नगर्नु नै उचित हुन्छ‚’ डिक्याफिनेटेढ कफीमा पनि कफिन पदार्थ हुने भन्दै बफालिनोले भने‚ ‘यदि तपाईं दैनिक ३ कप डिक्याफिनेटेड कफी पिउनुहुन्छ भने मैले यसलाई पनि रोक्ने सल्लाह दिन्छु ।’

अत्याधिक कफी पिउनाले यसमा रहेको कफिन पदार्थका कारण पिशाबमा पाइने क्याल्सियमलाई घटाउन मद्दत गर्छ । ’पर्डि युनिभर्सिटीका न्युट्रिसन साइन्सका प्रोफेसर कोनी वेभरले जानकारी दिए ।

स्रोतः स्वास्थ्यखबर

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

अझै केही दिन मौसाममा सुधार नहुने, वर्षा र बदली हुने

भर्खरै

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki