Skip to content

follow us

baglungkhabar.tv

15th April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

आर्थिक साझेदारी विस्तार तथा द्विपक्षीय व्यापार प्रवद्र्धनमा जोड दिन आग्रह

  • २० कार्तिक २०७७, बिहीबार १८:१८

२० कात्तिक, काठमाडौँ ।
नेपाल उद्योग परिसंघले पाकिस्तान र टर्कीसँग आर्थिक साझेदारी तथा द्विपक्षीय व्यापार प्रवद्र्धनका लागि सहकार्य बढाउनु पर्नेमा सम्बन्धित देशमा कार्यभार सम्हाल्न जान लाग्नु भएका नेपाली राजदूतसँग आग्रह गरेको छ । आज यहाँ आयोजना गरिएको अन्तरक्रियामा पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारीसँग परिसंघले सफल कार्यकालको शुभकामना समेत दिएको छ ।

राजदूत अधिकारिसँगको अन्तक्र्रियामा परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले भन्नुभयो, “नेपाल उद्योग परिसंघले आर्थिक कुटनीतिलाई उच्च महत्व दिँदै आएको छ । देशको आर्थिक विकासका लागि लगानी तथा व्यापार प्रवद्र्धनका लागि आर्थिक कुटनीतिमा विभिन्न देशमा रहेका नेपाली दुतावासहरुसँग परिसंघले संवाद तथा सहकार्यलाई सुदृढ गर्न प्रयासरत छ ।” मित्रराष्ट्र पाकिस्तानसँगको लगानी तथा व्यापारिक सम्बन्ध विस्तार गर्न त्यहाँको सरकार र लगानीकर्ताहरुसँग सम्बन्ध सुदृढ गर्न राजदुतावासको थप सक्रियता आवश्यक रहेकाले यसमा नवनियुक्त राजदूतहरुले भूमिका निर्वाह गर्नेमा विश्वस्त रहेको पनि वरिष्ठ उपाध्यक्ष अग्रवालले विश्वास व्यक्त गर्नुभयो ।

छलफलमा राजदूत अधिकारीले नेपाल र पाकिस्तानबीच रहेको हार्दिकतापूर्ण सम्बन्धको उपयोग गरेर द्विपक्षिय व्यापार तथा लगानी विस्तारमा देखिएका अवरोध हटाउने कामलाई मुख्य प्राथमिकतामा राखेको बताउनुभयो । नेपालले पाकिस्तानमा ठूलो परिमाणमा चिया तथा अलैची निर्यातको अवसरलाई उपयोग गर्न वैकल्पिक आपूर्ति प्रणालीका उपायहरुबारे थप अध्ययन तथा काम थाल्नु पर्ने राजदूत अधिकारीको भनाइ थियो । राजदुत अधिकारीले द्विपक्षीय आर्थिक तथा पर्यटन प्रर्वद्धनका संयन्त्रलाई पुनः सक्रिय बनाउनेतर्फ पनि पहल गर्ने विश्वास दिलाउनु भयो । यसैगरी टर्कीलाई पनि प्रतिनिधित्व गर्ने भएकाले त्यसतर्फको निर्यात बढाउनेतर्फ ध्यान दिनुपर्ने पनि राजदूत अधिकारीले बताउनुभयो । सो अवसरमा परिसंघका उपाध्यक्ष विरेन्द्रराज पाण्डेले आर्थिक कुटनीतिको माध्यमद्वारा द्विपक्षीय व्यापार विस्तारमा दुतावास थप सक्रिय हुने विश्वास लिएको बताउनुभयो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

विद्यार्थीले बनाएका भित्तेपत्रिकालाई मेलामा प्रदर्शनी गरिने

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

आर्थिक साझेदारी विस्तार तथा द्विपक्षीय व्यापार प्रवद्र्धनमा जोड दिन आग्रह

ग्रेस इन्टरनेसनल बागलुङको शिक्षा मेला

भर्खरै

बागलुङले पायो दुई मन्त्री

३९ औं ब्रम्होत्सव तथा शालग्राम महोत्सव हुने

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

चौथो जेसिज कपको उपाधि उचाल्दै बिजेता बनेको गहते युवा क्लब। तश्विर : सुजन रेग्मी

चौथो जेसिज कपको उपाधि गहतेलाई

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki