Skip to content

follow us

baglungkhabar.tv

17th April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

म्याग्दीको दुर्गमका १२० घरधुरीलाई सौर्य ऊर्जा वितरण

  • १६ कार्तिक २०७७, आईतवार १२:३१
१६ कात्तिक, म्याग्दी । विद्युत् सुविधाबाट वञ्चित म्याग्दीको धवलागिरि गाउँपालिकाका १२० घरधुरीलाई सौर्य ऊर्जा वितरण गरिएको छ । प्रदेश सरकारले उपलब्ध गराएको सौर्य ऊर्जा वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
उज्यालो पालिका घोषणा गर्ने कार्यक्रमअनुसार केन्द्रीय लाइन विस्तार र लघुजलविद्युत् परियोजना नभएका दुर्गम बस्तीका घरधुरीमा सौर्य ऊर्जा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारी दिनुभयो ।
पचास वाट क्षमताको सोलार सेट वितरण गरिएको हो । वडा नं ६ मराङका २५ र वडा नं ४ मा पर्ने सिम्कोस, अर्चे, वारवाङ, नाउरा, जुरुकोष र छहरीका ९५ घरलाई सोलार सेट वितरण गरिएको हो । छुटेका घरधुरी पहिचान गरेर थप सोलार सेट उपलब्ध गराइने अध्यक्ष पुनले बताउनुभयो ।
रु. २४ हजार मूल्य पर्ने सोलार जडान गर्न उपभोक्ताले रु. चार हजार २७३ खर्च व्यहोरेका छन् । प्रदेश सरकारले २० वाट क्षमताको सोलार वितरण गर्ने योजना बनाएपछि पालिकाहरुको सुझावका आधारमा ५० वाटको वितरण गरेको हो ।
यसैबीच धवलागिरि गाउँपालिकालाई उज्यालो पालिका घोषणा गर्ने तयारी भएको छ । केन्द्रीय प्रसारण लाइन, लघु जलविद्युत् परियोजना र सौर्य ऊर्जामार्फत विद्युतीकरण गरेर उज्यालो पालिका घोषणा गर्न लागिएको हो ।
हालसम्म विद्युत् नपुगेको वडा नं ४ को मुदी र खाम्लामा केन्द्रीय प्रसारण लाइन पुगेपछि सरकारको मापदण्डानुसार धौलागिरिलाई उज्यालो पालिका घोषणा गर्न सकिने अध्यक्ष पुनले बताउनुभयो ।
उज्यालो पालिका घोषणा गर्न कुल घरधुरीको ८५ प्रतिशतमा केन्द्रीय, लघु जलविद्युत् र सौर्य ऊर्जाको पहुँच हुनुपर्ने सरकारको मापदण्ड छ । वडा नं ७ ताकममा पूर्ण र वडा नं ६ मराङमा आंशिकरूपमा केन्द्रीय लाइन पुगेको छ ।
मराङ, मल्कवाङ, खिवाङ, मुना, दर, फलियागाउँ, लुलाङ, लमसुङ, खोरिया, गुर्जामा लघु जलविद्युत् परियोजनाको विद्युत् सुविधा छ । मुना, मुदी, खाम्ला, मराङ र मल्कवाङमा केन्द्रीय लाइन विस्तारको तयारीसमेत भएको छ ।
पालिकाले गत वर्ष लुलाङको दरखोला दोस्रो लघु जलविद्युत् परियोजना पुनर्निर्माण र बगरमा सौर्य ऊर्जा जडान गरेको थियो । चेचुङ गाउँमा पनि सौर्य ऊर्जाबाट विद्युतीकरण गरिएको छ । सात वटा वडा रहेको धवलागिरि गाउँपालिकामा कुल तीन हजार १२९ घरधुरीको बसोबास छ ।
कुल घरधुरीको ९० प्रतिशतमा कुनै न कुनै प्रकृतिको विद्युत् सुविधा पुगेको गाउँपालिकाले जनाएको छ । यसैगरी जोखिमयुक्त काठका पोल विस्थापित गराउन प्रदेश सरकारले धवलागिरि गाउँपालिकालाई १५० र मङ्गला गाउँपालिकालाई ५०० थान फलामको पोल उपलब्ध गराएको छ ।
Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय
बागलुङको रामरेखा माध्यमिक विद्यालय मतदान केन्द्रमा गरिएको तयारी

बागलुङमा निर्वाचनको आवश्यक सम्पूर्ण तयारी पूरा

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

बागलुङ २ मा रास्वपाका शर्मा विजयी

भर्खरै

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

कालीगण्डकी नदी तटका विभिन्न स्थलका व्यानर प्रदर्शन

सुनमा प्रतितोला १०० रुपैयाँ र चाँदी ३० रुपैयाँले बढ्यो

बागलुङले पायो दुई मन्त्री

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki