Skip to content

follow us

baglungkhabar.tv

23rd April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

एसिड आक्रमणकारीलाई जन्मकैद वा २० वर्ष कैदको व्यवस्था गर्ने सरकारको तयारी

  • १० आश्विन २०७७, शनिबार ०९:४४

१० असोज, काठमाडौं । सरकारले एसिड आक्रमण गर्नेको सजाय बढाउने र बिक्री वितरणलाई नियमन गर्ने दुइ फरक अध्यादेश जारी गर्ने निर्णय गरेको छ ।

राष्ट्रपतिबाट प्रमाणिकरण भएपछि लागु हुने ती अध्यादेशमा एसिड आक्रमणलाई जघन्य अपराधाको रुपमा परिभाषित गर्दै दोषीको सजायमा माफी मिनाहा नहुने ब्यवस्था गरिएको छ ।

अध्यादेशको प्रस्तावित मस्यौदामा एसिड आक्रमणबाट कसैको ज्यान गए जन्मकैद र अंगभंग वा शरीर कुरूपल गराए २० वर्षसम्म कैद सजायको प्रस्ताव गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमण पीडितसँगको भेटमा एसिड हान्ने विरुद्ध कडा कानुन ल्याउने बताएको दुई साता नबित्दै सरकारले एसिड आक्रमण गर्नेमाथि कडा सजाय र एसिडको विक्रि वितरण नियमन गर्ने गरी दुइ अलग-अलग अध्यादेश ल्याउने निर्णय गरेको हो ।

बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले एसिड आक्रमण गर्नेमाथि सजाय र नियमनका लागि दुइवटा अध्यादेश ल्याउने प्रस्ताव पारित गरेको छ । एसिड आक्रमणका दोषीलाई कडा कारबाही गर्न र पीडितको सम्पूर्ण उपचार, शिक्षा र जीविकाको प्रबन्ध कानुनी रुपमा व्यवस्था गर्न अध्यादेश ल्याएको हो ।

राष्ट्रपतिबाट जारी लागु हुने अध्यादेशमा एसिड आक्रमणलाई जगन्य अपराधको रुपमा लिदै आक्रमणबाट कसैको ज्यान गए जन्मकैद र आक्रमणबाट अंगभंग वा शरीर कुरूप गराए २० वर्ष कैदको सजाय र १० लाखसम्मको जरिवाना प्रस्ताव गरिएको कानून न्याय तथा संसदीयमा मामिला मन्त्रालयले जनाएको छ ।

कार्यान्वयमा रहेको फौजदारी अपराध संहितामा एसिड आक्रमणबाट अंगभंग भए अपराधीलाई अधिकतम ८ वर्ष सजायको ब्यवस्था छ । यस्तै अध्यादेशमा एसिड आक्रमणको घटनाका दोषीको सजायमा माफी मिनाहा नहुने प्रस्ताव गरिएको छ । आक्रमणकारीको सम्पत्ति रोक्का राखेर पीडितलाई क्षतिपूर्ति भराउने प्रावधान समेत अध्यादेशमा समेटिएको छ ।

यस्तै एसिड बिक्रीवितरणका लागि जिल्ला प्रशासन कार्यालयबाट लाइसेन्स लिनैपर्ने लगायतका प्रावधानहरु प्रस्ताव गरिएको बताइएको छ । गत भदौ २५ मा प्रधानमन्त्री ओलीले बालुवाटारमा एसिड आक्रमणबाट पीडितहरूसहित सरकारका विभिन्न सरोकारवाला मन्त्रालयका मन्त्री र प्रतिनिधिहरूसँग भेटमा १५ दिनभित्र कानुनको मस्यौदा तयार पारी ल्याउन कानुन मन्त्रालयलाई निर्देशन दिनु भएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

बागलुङका चार स्थानमा यात्रु सहायकता कक्ष स्थापना

तेस्रो जेसीज कपको सेमिफाइनल समिकरण पुरा

तेस्रो जेसीज कप: रुद्रेपिपलको लज्जास्पद हार

लोकप्रिय

बागलुङमा करिव ४० प्रतिशत मतदान सम्पन्न

बागलुङले पायो दुई मन्त्री

ग्रेस गुराँस गुठी युनाईटेडले जित्यो तेस्रो जेसीज कपको उपाधि

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

भर्खरै

प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय  समाज बागलुङले सहकार्य गर्ने 

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki