बागलुङ, १३ मङ्सिर । नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युतको समस्या अन्त्य हुने बताएका छन् ।
उनले बागलुङ आएका बेला विद्युतको समस्या धेरै आएको बताउदै यसको समस्या समाधानको लागि सरकारले पहल गरिरहेको बताए ।
बागलुङमा शनिबार आयोजित सरोकारवालासँगको अन्तरक्रियामा उहाँले दुर्घटना न्यूनीकरण गर्न विद्यालय तहदेखि नै सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बताए छन् । विद्युतको प्रयोग बढेसँगै जोखिम र दुर्घटना पनि बढेकाले नागरिकलाई सचेत बनाउन हामीसबै एक हुनुपर्ने बताए
मन्त्री श्रेष्ठले गत असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षाका कारण बागलुङका विभिन्न क्षेत्रमा विद्युत् संरचनासहित सडक तथा बस्तीमा क्षति पुगेको उल्लेख गर्दै प्रभावित क्षेत्रको पुनर्निर्माणमा सरकारले प्राथमिकता दिने बताए । नदी कटान तथा बस्ती संरक्षणका लागि आवश्यक बजेट पठाउने प्रतिबद्धता जनाए ।
अन्तरक्रियामा स्थानीयले लिफ्ट खानेपानी तथा सिँचाइ आयोजना निर्माणमा ढिलाइ, विद्युत् अनियमितता, नाङ्गो तार व्यवस्थापन र जलविद्युत् आयोजना कार्यान्वयनका विषयमा मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
मन्त्री श्रेष्ठले जनताका समस्या र गुनासा बुझ्न गाउँगाउँमा पुगिरहेको बताउँदै सोमबार पश्चिम बागलुङका विपद् प्रभावित क्षेत्रको अवलोकन गर्ने कार्यक्रम रहेको जानकारी दिए।







