Skip to content

follow us

baglungkhabar.tv

28th October 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Advertisement

विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा त्रिदिवसीय अभियान सुरु

bk logo final png
  • बागलुङखबर
  • २२ आश्विन २०८३, बिहीबार १८:१६

बागलुङ, २२ असोज। बागलुङको छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिका–८, फर्सेस्थित श्री शिव माध्यमिक विद्यालयमा विद्यार्थी तथा शिक्षकका लागि मनोसामाजिक सुस्वास्थ्य तथा प्राथमिक मनोवैज्ञानिक सहयोगसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

विश्व मानसिक स्वास्थ्य दिवस २०२६ को अवसरमा खुसी मन बागलुङको आयोजना तथा नेपाल प्रेस युनियन बागलुङको संयोजनमा सुरु भएको तीनदिने अभियानअन्तर्गत पहिलो दिन बाढी तथा विपद् प्रभावित क्षेत्रका शिक्षक र विद्यार्थीलाई लक्षित गरी छुट्टाछुट्टै सत्रमा कार्यक्रम सञ्चालन गरिएको हो।

हालैको बाढी तथा प्राकृतिक विपत्तिका कारण बालबालिका र शिक्षकमा परेको मानसिक असर, डर तथा त्रास कम गर्दै पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले फर्से क्षेत्रलाई अभियानको पहिलो दिन प्राथमिकतामा राखिएको आयोजकले जनाएको छ।

कार्यक्रममा खुसी मन बागलुङका अध्यक्ष नारायणप्रसाद आचार्य र सचिव योगराज कँडेलले शिक्षकहरूलाई तनाव व्यवस्थापन, मनोसामाजिक रूपमा स्वस्थ रहने उपाय तथा आपत्कालीन अवस्थामा विद्यार्थीलाई दिनुपर्ने प्राथमिक मनोवैज्ञानिक सहयोग का विषयमा सहजीकरण गर्नुभएको थियो। विद्यार्थीका लागि कार्यसमिति सदस्य उमा चालिसे र सदस्य शारदा शर्मा आचार्यले टोलीकार्य, कथा वाचन तथा संवादमार्फत डर र तनाव व्यवस्थापन एवं सकारात्मक सोच विकासका उपायबारे सचेतना प्रदान गर्नुभएको थियो।

कार्यक्रममा बागलुङ नगरपालिकाका कार्यपालिका सदस्य तथा खुसी मन बागलुङकी सदस्य ज्योति केसी विष्टले स्थानीय तहले मानसिक स्वास्थ्यका विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। उहाँले आगामी दिनमा स्थानीय तहले खुसी मन बागलुङजस्ता संस्थासँग आवश्यक समन्वय र सहकार्य गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।

त्यस्तै, लायन्स इन्टरनेसनल ३२५ के नेपालकी डिस्ट्रिक्ट पी आर ओ लायन सावित्री केसी र लायन्स क्लब अफ बागलुङ सिटीजनकी अध्यक्ष लायन प्रिया किसानले प्राकृतिक विपत्तिको असर भौतिक संरचनामा मात्र नभई मानिसको मन र मस्तिष्कमा समेत गहिरो पर्ने बताउनुभयो। उहाँहरूले विपद् प्रभावित विद्यार्थी तथा शिक्षकका लागि कार्यक्रम समयसापेक्ष र प्रभावकारी रहेको उल्लेख गर्नुभयो।

विद्यालयका प्रधानाध्यापक अमृतप्रसाद सापकोटाले बाढी प्रभावित क्षेत्रका विद्यार्थीको अवस्थालाई बुझेर विद्यालयमै आएर महत्त्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा आयोजकप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले विद्यार्थी मानसिक रूपमा स्वस्थ रहेमा मात्र गुणस्तरीय शैक्षिक उपलब्धि हासिल गर्न सम्भव हुने बताउनुभयो।

तालिममा सहभागी शिक्षकद्वय शिव गौतम र रेजिना मल्लले कार्यक्रमले आफूलाई मानसिक रूपमा स्वस्थ रहन तथा विद्यार्थीमा देखिने तनाव पहिचान गरी तत्काल सहयोग गर्न महत्वपूर्ण सहयोग पुगेको प्रतिक्रिया दिनुभयो।

अभियानअन्तर्गत असोज २३ गते धौलागिरी बहुमुखी क्याम्पसका विद्यार्थी तथा युवालाई लक्षित गरी तनाव व्यवस्थापन तथा डिजिटल कुलतसम्बन्धी कार्यशाला आयोजना गरिनेछ। कार्यक्रममा परीक्षा तथा भविष्यको चिन्ता र सामाजिक सञ्जालको अत्यधिक प्रयोगबाट हुने असर न्यूनीकरणका विषयमा अभ्यास गराइनेछ।

त्यस्तै, असोज २४ गते बागलुङका क्रियाशील पत्रकारका लागि आत्महत्यासम्बन्धी जिम्मेवार मिडिया रिपोर्टिङ तथा सञ्चारकर्मीको मानसिक स्वास्थ्य व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक तालिम सञ्चालन गरी तीनदिने अभियानको औपचारिक समापन गरिने आयोजक खुसी मन बागलुङले जनाएको छ।

Share

प्रतिक्रिया

थप समाचारहरु

धौलागिरि प्रादेशिक अस्पतालको स्तरउन्नती गर्न जनप्रतिनिधि तयार

निसीखोलाका बाढीपहिरो पीडितका लागि राहत आउने क्रम जारी : नदी तटबन्ध गरी बस्ती सुरक्षा र दिगो व्यवस्थापन गर्न माग

न्यूनचापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालभर वर्षा र हिमपातको सम्भावना

लोकप्रिय

रोट्राक्ट क्लब अफ बागलुङको अध्यक्षमा रोका चयन

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

बागलुङमा सुर्तीजन्य तथा मदिराजन्य पदार्थको नियमन र नियन्त्रण गर्नमा जोड

सिवाईसी साकोसद्वारा बाढीपीडित १४ जना सदस्यलाई ७० हजार रुपैयाँ राहत

भर्खरै

धौलागिरि प्रादेशिक अस्पतालको स्तरउन्नती गर्न जनप्रतिनिधि तयार

निसीखोलाका बाढीपहिरो पीडितका लागि राहत आउने क्रम जारी : नदी तटबन्ध गरी बस्ती सुरक्षा र दिगो व्यवस्थापन गर्न माग

न्यूनचापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालभर वर्षा र हिमपातको सम्भावना

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki