बागलुङ ,१७ असोज । बागलुङमा तनाव व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
कालिगण्डकी माध्यामिक विद्यालय बागलुङको आयोजना र खुसी मन बागलुङको सहकार्यमा तनाव व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
कार्यक्रमको उद्धाटन नेसनल प्याबसनका केन्द्रिय सचिव बालकृष्ण शर्माले उद्घाटन गर्नुभएको थिए ।उद्घाटन पछि बोल्दै शर्माले विद्यालय स्तरमा तनाव व्यवस्थापन कार्यक्रम जरुरी रहेको बताउनुभयो । उहाँले यस कार्यक्रमले प्रभावकारी रुपमा सदुप्रयोग गर्नुपर्नेमा जोड दिदैँ जिल्लाका विद्यालयले यस्ता खालका कार्यक्रम अघि सार्नुपर्ने बताउनुभयो । विद्यार्थी जीवनमा आउने विभिन्न चुनौती र दबाबलाई सही ढंगले व्यवस्थापन गर्न सक्नुपर्ने बताउँदै विद्यार्थीको सफलता केवल परीक्षामा प्राप्त गर्ने अंकले मात्र निर्धारण नहुने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा ‘खुसी मन’ बागलुङका अध्यक्ष नारायणप्रसाद आचार्यले तनाव व्यवस्थापनसम्बन्धी प्रशिक्षण दिनुभएको थियो।
उहाँले विद्यार्थीमा तनाव उत्पन्न हुने कारण, त्यसका प्रभाव तथा तनावलाई सकारात्मक रूपमा व्यवस्थापन गर्ने विभिन्न उपायबारे सहजीकरण गर्नुभएको थियो। नियमित दिनचर्या, पर्याप्त आराम, सकारात्मक सोच, आफ्ना कुरा व्यक्त गर्ने बानी तथा समस्या समाधानमा केन्द्रित हुने अभ्यासले तनाव व्यवस्थापनमा सहयोग पुग्ने उहाँले बताउनुभयो।
उहाँले परिस्थितिलाई हेर्ने दृष्टिकोणले व्यक्तिको व्यवहार र कार्यक्षमतामा प्रभाव पार्ने बताउँदै कठिन अवस्थामा पनि सकारात्मक सोचका साथ अघि बढ्न विद्यार्थीहरूलाई आग्रह गर्नुभयो। त्यस्तै, खेलकुद शिक्षक महेन्द्र खड्काले तनाव व्यवस्थापनमा खेलकुदको भूमिकाबारे प्रकाश पार्नुभएको थियो।
नेपाल पत्रकार महासङ्ह बागलुङका उपाध्यक्ष एवम् नेपाल प्रेस युनियन बागलुङका अध्यक्ष सुवास आचार्य, एनप्याब्सब बागलुङका नगर कमिटी सचिव निसान खड्काले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।उहाँहरुले तनावलाई व्यवस्थापन गर्न जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा विद्यालयका ६ कक्षा देखि १० सम्मका १०० जना भन्दा बढि विद्यार्थीको सहचागी रहेको थियो ।
कार्यक्रम कालिगण्डकी आवासीय माध्यामिक विद्यालयका सञ्चालक समितिका अध्यक्ष निरञ्जानलाल भण्डारी अध्यक्षता सहायक प्रधानध्यापक बाबू शर्माको स्वागत र शिक्षक केदार शर्मा संचालनमा सम्पन्न भएको थियो ।









