बागलुङ, १५असोज ।नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बागलुङ क्षेत्र नम्बर एकको सभापतिमा खडक थापा मगर सर्वसम्मत चुनिएका छन् ।
नारायाण श्रेष्ठको नेतृत्वमा प्यानलले असन्तुस्टी जनाउँदै उम्मेद्वारी फिर्ता लिएपछि थापाको प्यानल सर्वसम्मत निर्वाचित भएको हो ।
निर्वाचन प्रकृयाबाट बहिरिएका श्रेष्ठले बिहिबार साँझ बिज्ञप्ति निकाल्दै निषेधको राजनीति गरिएकोले आफुहरु निर्वाचन प्रक्रियाबाट बाहिरिएको बताएका छन ।
निर्वाचित कार्यसमितिको सचिवमा तेजप्रसाद शर्मा, सहसचिव (महिला) मा पूर्णमाया सुनार र सहसचिव (खुला) मा दुर्गाबहादुर बोहरा निर्विरोध निर्वाचित भएका छन ।







