Skip to content

follow us

baglungkhabar.tv

24th August 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

bk logo final png
  • बागलुङखबर
  • ४ भाद्र २०८३, बिहीबार २१:३०

बागलुङ , ४ भदौ । बागलुङ नगरपालिका ३ स्थित चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने भएका छन ।
बागलुङ नगरपालिका– ४ रहेको दावगरा बसपार्कबाट लामो तथा छोटो दुरीकावसहरु संचालनमा आएसँगै चिप्लेटी बसपार्क खाली रहेको थियो ।
बागलुङ नगरपालिकाले बस तथा माइक्रोहरु नयाँ वसपार्कबाट छुटाउन सुरु गरेको थियो भने जिप तथा अन्य साना सवारी पुरानै ठाउँबाट छुट्दै आएका थिए ।

बुधबार प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यको संयोजकत्वमा बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ, सुरक्षा निकाय र अन्य सरोकारवालाहरुसँगको छलफल पश्चात चिप्लेटी बसपार्कबाट पिकअप जिप, ट्याक्सी र अन्य साना सवारी साधन संचालन गर्ने सहमती जुटेको छ ।

बजार क्षेत्रका सवै वडाका वडाअध्यक्ष सहितको बैठकले चिप्लेटी बसपार्कलाई जिप पार्क र अन्य सवारी साधन पार्किङको रुपमा संचालन गरिने सहमती जुटाएको बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिए ।
उपल्लाचौरमा नयाँ वसपार्क निर्माणसँगै त्यहाँबाट बस तथा माइक्रो र इभी माईक्रोहरु संचालनमा आएपछि चिप्लेटी क्षेत्र खाली अवस्थामा रहेको थियो । स्थानियको मागलाई सम्बोधन गर्दै यहाँबाट जिप, ट्याक्सी र गाउँबाट आउने पिकअप जिप संचालनमा ल्याइने नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।

यहाँबाट साना यातायातका साधनहरु संचालनमा आएसँगै बजार क्षेत्रमा ट्राफिक समस्या पनि कम हुने विश्वास लिईएको छ ।

हाल बा.नपा २ जिपपार्कबाट जिपहरु छुट्नुका साथै पार्किङ हुँदै आएका छन भने, ट्राफिक चोकमा ट्याक्सीहरु पार्किङ हुँदै आएका छन । साना सवारी साधनका लागि यथाशिघ्र छिटो आवश्यक पुर्वाधारको व्यवस्थापन गरी चिप्लेटी बसपार्कबाट नै छुट्ने र यही पार्किङ गर्ने गरी तयारी थालिएको हो । गाउँबाट आउने पिकअप जिपले यात्रुलाई जथाभावी ओराल्ने र चढाउने गर्दा बजार क्षेत्रमा ट्राफिक समस्या बढ्दै गएको थियो ।

सर्वपक्षिय बैठकबाट गरेको सहमतीलाई थप व्यवस्थापन गरेर प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने धौलागिरी कालिका यातायात प्रा.लीका अध्यक्ष दिनेश बोहोराले बताउँछन ।

उनले बजार क्षेत्रको व्यापार व्यवसायीलाई असर नगर्ने र यात्रुलाई सहज हुने गरी निश्चित समय निर्धारण गरेर जिप तथा पिकअप र ट्याक्सीलाई बजार क्षेत्रमा यात्रु ओराल्न र राख्नका निम्ती व्यवस्थापन गर्नुपर्ने बताए ।

बोहोराले प्रशासन र नगरपालिकाले गरेको निर्णयलाई व्यवसायीहरुले सधै साथ दिएको र व्यवसायीलाई पनि सरोकारवाला निकायले साथ दिनुपर्ने बताए ।

विगत २४ वर्षदेखि सञ्चालित ‘चिप्लेटी बसपार्क’ लाई गत भदौ देखी खाली गरिएको थियो । चिप्लेटी बसपार्कलाई दाबगरामा बनेको बागलुङ बसपार्कमा स्थानान्तरण गरिएपछि यस क्षेत्र सुनसान बनेको थियो ।

यस क्षेत्रका वडा अध्यक्ष स्थानिय र व्यवसायी सहितले यस क्षेत्रमा बसपार्क वा जिपपार्क संचालन गरेर व्यवसायलाई चलयमान गराउनुपर्ने माग राख्दै आएका थिए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सकियो

बागलुङमा रासायनिक मल ओसारपोसार र बिक्री गर्ने तीन जना पक्राउ

बागलुङमा अन्तरविद्यालयस्तरीय कबड्डी प्रतियोगिता हुने

लोकप्रिय

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

परिसूचन साप्ताहिक १३औँ वार्षिकोत्सवको अवसरमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न

दुग्ध उत्पादक सहकारी संघ लिमिटेड बागलुङको गत आव १० करोड बढीको कारोबार

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सकियो

बागलुङमा रासायनिक मल ओसारपोसार र बिक्री गर्ने तीन जना पक्राउ

बागलुङमा अन्तरविद्यालयस्तरीय कबड्डी प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki