Skip to content

follow us

baglungkhabar.tv

26th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

असहाय बालबालिकाकाको साहारा बन्दै तमानखोला

bk logo final png
  • बागलुङखबर
  • १५ जेष्ठ २०८३, शुक्रबार १४:४३

बागलुङ, १५ जेठ । जिल्लाको तमानखोला गाउँपालिका सामाजिक सेवामा उदाहरणीय बन्दै गएको छ ।

आर्थिक अवस्था कमजोर भएका, असहाय तथा विपन्न बालबालिकालाई सहयोग गर्दै गाउँपालिकाले मानवीय सेवाको भावना झल्काएको हो । शिक्षा, स्वास्थ्य, राहत तथा विभिन्न सामाजिक कार्यक्रममार्फत तमानखोलाले स्थानीय बालबालिकाको जीवनस्तर सुधारमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

बालबालिकाका लागि तमानखोला गाउँपालिकाले आफ्नै बालगृह बनाएर खाने–बस्ने व्यवस्थासहित वडा नं. ३ को तमान गाउँमा रहेको धनगौज्योति माविमा पढ्ने व्यवस्थापन समेत गराएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताउनुभयो

गाउँपालिकाले अलपत्र भेटिएका, अभिभावकविहीन र अति बिपन्नताको कारण पढ्न नपाएका, खानेबस्ने समस्या भएका बालबालिका खोजेर बालगृहमा राख्दै आएकोे छ । तमान गाउँको तीनवटा घर भाडामा ५ वर्षदेखि बालगृह सञ्चालनमा ल्याइएको छ ।‘संविधानमा बालबालिकाको हकको व्यवस्था छ, तर यो व्यवस्था अनुसार उनीहरुले बाँच्न, पढ्न लेख्न र अभिभावक पाउनुपर्ने बताउनुभयो ।

\नियमित खर्च गर्नुपर्ने भएकोले यो कार्यलाई पालिकाले आफ्नो नियमित बजेटमा समावेश गर्दै आएको छ ।

गाउँपालिकाले खाना बनाउने, स्याहार सुसार गर्ने तीन जना कर्मचारी राखेर १८ जना बालबालिका बालबालिका राख्न थालिएको थियो ।
हरेक वर्ष बालबालिकालाई खाद्यानको व्यवस्था पालिकाले गर्दै आएको छ भने विभिन्न संघसंस्था, लायन्स क्लबलगायतले यहाँ आएर बालबालिकालाई शैक्षिक सामाग्री, पोशाक वितरण गर्दै आएका छन् ।

पालिकाले परोपकारी काम र बालबालिकाको उज्वल भविष्यका लागि काम गरेको भन्दै वडा अध्यक्ष झकबहादुर बुढाले भने यो नमूना काम भएको बताउनुभयो ।

गाउँपालिकाको नमूना र बालबालिकाको अधिकार सुरक्षाको काम रहेकाले जो सुकैले जानकारी दिएपनि हामी गएर बालबालिका ल्याएर राख्ने र सहयोग गर्ने बुढाले बताउनुभयो ।बाढी पहिरोले घरबारविहिन भएका, दुर्घटना वा अन्य कारणले अभिभावक गुमाएका बालबालिका यहाँ आउँदा साथी पाएर रमाएका छन् ।

उनीहरुलाई बेला बेला घुमाउने, खेल खेल्ने व्यवस्था गरिदिने जस्ता काम पनि गरिएको छ । विद्यालयमा पनि यी बालबालिकालाई सम्मानपूर्वक पढ्न पाउने व्यवस्थापनका लागि आग्रह गरिएको छ ।उनीहरुलाई कुनै पनि अपमानित नहुने बरु थप सम्मान र हौसला प्रदान गर्ने गरी पढाउन लगाइएको गाउँपालिका अध्यक्ष बुढाले बताउनुभयो ।

यो कामलाई अब आउने जनप्रतिनिधिले पनि निरन्तरता दिने गरी कार्यविधि समेत बनाइएको छ । यहाँका बालबालिकाको अवस्थाबारे विभिन्न संघसंस्थालाई अध्ययन गर्न, अनुगमन गरी सुझाव पेश गर्न पनि लगाइने गरिएको छ । उनीहरुलाई कक्षा १२ सम्म पढ्नका लागि पालिकाले साथ दिने र गाउँकै विद्यालयमा पढ्ने अबसर दिइनेछ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

अर्मादीमा सवारी दुर्घटना दुईजना घाईते

बागलुङमा दुई बालिका बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस् : अर्थमन्त्री वाग्ले

लोकप्रिय

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

भर्खरै

अर्मादीमा सवारी दुर्घटना दुईजना घाईते

बागलुङमा दुई बालिका बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस् : अर्थमन्त्री वाग्ले

बागलुङका ७१ जना हिंसा प्रभावितलाई सेवा

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki