Skip to content

follow us

baglungkhabar.tv

30th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

विद्युतीय गाडीले बढेको भाडा लिन नपाउने

bk logo final png
  • BAGLUNGKHABAR
  • ९ बैशाख २०८३, बुधबार १०:०९

काठमाण्डौ, ९ वैशाख । यातायात व्यवस्था विभागले अन्तर प्रदेश चल्ने विद्युतीय गाडीको भाडा वृद्धि नभएको जनाएको छ ।

विभागले सूचना निकालेर इन्धनको भाउ बढेपछि हालै गरिएको भाडा समायोजन डिजेल इन्जिन भएका गाडीहरूमा मात्र लागु हुने जनाएको हो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि विभागले गएको चैत २५ मा स्वचालित भाडा समायोजन प्रणालीअनुसार अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा बढाएको थियो ।

तर केही विद्युतीय गाडीले पनि बढेको भाडा लिइरहेको र यात्रुलाई अनिवार्य रूपमा दिनुपर्ने टिकट नदिएको गुनासो आएको विभागले जनाएको छ । विभागले विद्युतीय गाडीमा पुरानै भाडादर कायम रहेको र यात्रुबाट गुनासो आए प्रचलित कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको छ ।

विद्युतीय गाडीहरूले इन्धनको रूपमा डिजेल प्रयोग नगर्ने भएकाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको आधारमा उनीहरूको भाडा नबढ्ने प्रावधान छ । विभागले यात्रुलाई पनि तोकिएको भन्दा बढी भाडा नतिर्न र अनिवार्य रूपमा टिकट मागेर मात्र यात्रा गर्न आग्रह गरेको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

१६ वर्षपछि स्पेन विश्वकपको सेमिफाइनलमा प्रवेश

लोकप्रिय

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

भर्खरै

बागलुङमा एक वर्षमा ६९६ मुद्दा फछ्यौट

बागलुङमा १७ वर्षीय बालिका मृत फेला

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

बागलुङमा करेन्ट लागेर एक जना घाईते

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki