Skip to content

follow us

baglungkhabar.tv

11th August 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

गलकोट र बुर्तिबाङमा बजार अनुगमन

bk logo final png
  • बागलुङखबर
  • ६ चैत्र २०८२, शुक्रबार २१:२६

बागलुङ ६ चैत । बागलुङको गलकोट र बुर्तिबाङ बजारमा शुक्रबार अनुगमन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बागलुङ, गुणस्तर तथा नापतौल कार्यालय पोखरा र नेपाल आयल निगम लिमिटेड पोखराको संयुक्त आयोजनामा शुक्रबार बागलुङको गलकोट नगरपालिका–३ स्थित हटिया र ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारमा अनुमगन गरिएको हो ।

अनुगमन अनुगमन टोलीले ग्याँस डिलर, पेट्रोल पम्प, सुनचाँदी पसल, किराना तथा खाद्य पसल, सपिङ सेन्टर तथा मार्टहरूमा अनुगमन गरेको हो ।

अनुगमनका क्रममा बजारमा एलपी ग्यास र इन्धन आपूर्तिमा कुनै समस्या नरहेको पाइएको जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत खिमबहादुर विकले जानकारी दिनुभयो । केही व्यवसायीले मूल्य सूची नराखेको, उचित प्याकेजिङ नगरेको तथा नापतौल उपकरणमा समस्या देखिएको पाइएपछि त्यस्ता व्यवसायीलाई पहिलो पटकलाई सचेत गराइएको उहाँको भनाइ छ ।

उपभोक्ता हितको संरक्षणसँगै वस्तुको गुणस्तर सुनिश्चित गर्न, पेट्रोल, डिजेल र ग्यासमा कुनै अनियमितता भए/नभएको विषयमा बजार अनुगमन गरिएको हो । बजारमा कृत्रिम अभाव र कालोबजारी नगर्न, उपभोक्तालाई ठगी हुनबाट जोगाउन तथा व्यवसायीलाई नियम अनुसार काम सचेत तुल्याइएको संयुक्त अनुगमन टोलीले जनाएको छ ।

अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, बागलुङका प्रशासकीय अधिकृत खिम बहादुर विक, गुणस्तर तथा नापतौल कार्यालय, पोखराका सहायक नापतौल विज्ञ मनोजकुमार पोखरेल र नेपाल आयल निगम लिमिटेड पोखराका सहायक प्रबन्धक मित्रबन्धु गैरेसहित प्रहरी, पत्रकार तथा कर्मचारीको उपस्थिति रहेको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

बागलुङमा भोलिपनि ग्यास वितरण गरिने

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

विपद् उद्धार सामग्री हस्तान्तरण

बागलुङमा भोलिपनि ग्यास वितरण गरिने

मालढुङ्गाको पुल जोखिममा

बागलुङमा डेङ्गीका विरुद्ध खोज र नष्ट अभियान

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki