Skip to content

follow us

baglungkhabar.tv

22nd September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङमा निर्वाचन अवधिभर पेट्रोलियम पदार्थको अभाव नहुने

bk logo final png
  • बागलुङखबर
  • १९ फाल्गुन २०८२, मंगलवार २१:२९

बागलुङ १९ फागुन । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय बागलुङले पेट्रोलियम पदार्थको सहज आपूर्ति सुनिश्चित गर्न सम्बन्धित निकायसँग सहमति गरेको छ ।

गृह मन्त्रालयको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालय बागलुङ, राष्ट्रिय उपभोक्ता मञ्च बागलुङ तथा पेट्रोलियम पदार्थ डिलर व्यवसायीबिच छलफल गरी निर्वाचन अवधिभर पेट्रोलियम पदार्थ अभाव हुन नदिने सहमति गरिएको हो । सहमतिअनुसार निर्वाचन प्रयोजनका लागि खटिएका निकायले पेट्रोलियम पदार्थ माग गरेको अवस्थामा उपलब्ध गराउनुपर्नेछ । जिल्लामा जुनसुकै समयमा पनि आवश्यक परिमाणमा पेट्रोलियम पदार्थ मौज्दात राख्ने व्यवस्था मिलाइने जनाइएको छ ।

यस्तै शान्ति सुरक्षालाई मध्यनजर गर्दै निर्वाचन अवधिमा तथा अन्य समयमा समेत खुला रूपमा (बोतल, जार, ग्यालिन आदि) पेट्रोलियम पदार्थ बिक्री–वितरण नगर्न÷नगराउन निर्देशन दिइएको छ । सम्बन्धित पेट्रोल पम्पहरूले निर्वाचन अवधिभर पर्याप्त परिमाणमा पेट्रोलियम पदार्थ भण्डारण गरी मागअनुसार बिक्री–वितरण गर्ने व्यवस्था मिलाउने सहमति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी नवराज बराल, न्यू धौलागिरी इन्टरप्राइजेज प्रालिका प्रतिनिधि सुवेदी, रवि र सुमन पौडेल तथा राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठबिच उक्त सहमति भएको हो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

विद्यामन्दिर पुस्तकालयको ७७ औँ साधारणसभा सकियो

लुप्राङमा अङ्गुरखेतीको परीक्षण सफल

हिउँ चितुवा गणनाका लागि क्यामेरा जडान

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

बागलुङमा डेङ्गीको सर्वेक्षण गर्दा बजारका ४७ प्रतिशत घरमा लामखुट्टेको लार्भा भेटियो

बागलुङका कैदीबन्दीको स्वास्थ्य परीक्षण

धौलागिरी प्रादेशिक अस्पतालमा डायलासिस सेवा विस्तार

बागलुङमा दुई हजार एक सय ८९ जना किशोरी एचपिभि खोप लगाइने 

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki