Skip to content

follow us

baglungkhabar.tv

17th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङमा इजाजत प्राप्त हातहतियार बुझाइयो

bk logo final png
  • बागलुङखबर
  • ११ फाल्गुन २०८२, सोमबार २०:४८
साङ्केतिक तस्बिर

सुजन रेग्मी
बागलुङ, ११ फागुन । बागलुङमा ५९ वटा दर्ता भएका इजाजत प्राप्त हातहतियार जिल्ला प्रहरी कार्यालय बागलुङमा बुझाएका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख उपरिक्षक तिलक भारतीले ५९ जनाले दर्ता भई इजाजत प्राप्त भएका हातहतियार बुझाएको बताउनुभयो ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, मर्यादित र भयरहित रुपमा सम्पन्न गर्नका लागि हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय बागलुङले सूचना निकालेको थियो ।

जिल्ला प्रशाशन कार्यालय बागलुङका नायब सुब्बा रामप्रसाद उपाध्यायले १४२ वटा इजाजत प्राप्त हातहतियार भएको बताउनुभयो । जिल्लामा दर्ता भएका हातहतियार अन्य जिल्लामा पनि गएको हुन सक्ने भन्दै दुरुपयोग नगर्न सचेत गराएको नासु उपाध्यायले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय बागलुङले विभिन्न ठाँउबाट १२४ वटा अवैध हातहतियार निकालेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

जिल्ला प्रशाशन कार्यालयले बागलुङले गत माघ ८ गतेदेखि माघ २० गते सम्म हातहतियार बुझाउन भन्दै सूचना निकालेको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

भर्खरै

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

हरेलो मेलाको आयव्यय सार्वजनिक , ७ लाख ५८ हजार १२३ रुपैयाँ आम्दानी

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki