Skip to content

follow us

baglungkhabar.tv

27th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

रेश नुन्थला माविले मनायो ७० औँ वार्षिकोत्सव

bk logo final png
  • बागलुङखबर
  • १८ माघ २०८२, शनिबार २१:०३

 सुजन रेग्मी
बागलुङ ,१८ माघ । बागलुङको काठेखोला गाउँपालिका–७, रेशमा रहेको रेश नुन्थला माध्यमिक विद्यालयले ७० औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । वार्षिकोत्सवको कार्यक्रमको उद्घाटन गर्दै काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले गरेका थिए ।

उद्धाटन कार्यक्रममा बोल्दै उनले रेश नुन्थला माविले राष्ट्रलाई चिनाएको बताए । उनले यस विद्यालयबाट अध्ययन गरेका विद्यार्थीले देशमा विभिन्न क्षेत्रबाट चिनाएको बताए । कुनैपनि शैक्षिक संस्थाको गुणस्तर बढाउन पालिका तयार रहेको बताए । उनले शिक्षक अभिभावक, शिक्षक र विद्यालय व्यवस्थापन समितिको पनि साथ रहेको बताउँदै उनले असल नागरिक उत्पादन गर्ने ठाउँ हो जसले गर्दा विद्यार्थीलाई असल बनाउनलाई शिक्षकले किताबमा मात्र नभएर ज्ञान मुलक शिक्षा प्रदान गरेर पनि असल बनाउन सहयोग रहेको बताए ।

शिक्षाले नै ठुलो कुरा रहेको भन्दै उनले नैतिकवान शिक्षा नै अहिले आवश्यक रहेको भन्दै आफ्ना छोराछोरीलाई नैतिकवान गराउन अभिभावकलाई आग्रह गरे । उनले अफ्ना छोरा छोरीलाई बिदेश पठाउनलाई पढाएको भन्दै अब राष्ट्रसेवक बनाउन आवश्यक रहेको भन्दै विदेश नपठाउन आग्रह गरे ।

कार्यक्रममा काठेखोला गाउँपालिका ७ का वडा अध्यक्ष प्रेम लामिछाने ,काठेखोला गाउँपालिकाका निवर्तमान प्रमुख प्रसासकिय अधिकृत चूर्णबहादुर कार्की , इन्द्रवती अक्षकोषका संरक्षक जब्बर बहादुर लामिछाने, विद्यालयका सल्लाहकार डिल बहादुर कार्की, विद्यालयका पूर्व विव्यस अध्यक्ष चित्र बहादुर कार्की, लक्ष्मी माध्यामिक विद्यालयका प्रधानध्यापक गोबिन्द भण्डारी, कक्षा १० मा अध्ययनरत छात्र टार्जन गुरुङले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

उनीहरुले शैक्षिक गतिविधिमा अघि बढाउन सबैको हातेमालो आवश्यक रहेका बताए । गाउँ गाउँका विद्यालयमा भौतिक पुर्वाधारको अहिले आवश्यकता रहेको उनीहरुको भनाइ छ ।

कार्यक्रममा विद्यालयका प्रधानध्यापक ओम बहादुर थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले पुर्वाधार निर्माण अहिले पनि आवश्यक्ता रहेको बताए । उनले विभिन्न समयमा अक्षयकोष निर्माण गरेको जानकारी दिए ।

२०१३ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल छात्रा १०९ र छात्र ११७ गरी कुल विद्यार्थी २२६ जना अध्ययन गरेका छन भने हाल विद्यालयमा २३ जना शिक्षकशिक्षिकाले अध्यापन गराइरहेको उनले जानकारी दिए । साथै विद्यालयले शैक्षिक गुणस्तर अभिवृद्दिमा भौतिक पुर्वाधार तथा सिकाईलाई निरन्तर गरिएको उनले जानकारी दिए ।

विभिन्न खेलमा सहभागी भएका खेलाडीलाई पुरस्कार वितरण गरिएको थियो ।

एसईई परीक्षामा उत्कृष्ट नम्बर ल्याएका विद्यार्थीलाई सम्मान गरिएको थियो । जसमा दीक्षा कुँवर , प्रमोद थापा , करण किसान, भगवान जोसी, लप्सन थापा, पार्वती कुँवर, एन्जिना थापा, दिवस थापा, काजल थापा, अर्जुन किसान, ममता थापा, विप्लभ जिसी , पुनम कार्की, चुणामणी थापा, आयुसा गौतमलाई सम्मान गरिएको थियो । उनीहरुलाई काठेखोला गाउँपालिकाका अध्यक्ष राजु खड्का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्र कार्की र प्रधानध्यापकले हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा विभिन्न कक्षाका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको थियो भने उक्त विद्यालयमा खडा गरिएका विभिन्न अक्षकोषबाट विद्यार्थी, शिक्षक र अभिवावकलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रम विव्यस अध्यक्ष बिरेन्द्र कार्कीको अध्यक्षता, शिक्षक हरि कुवँरको स्वागत र शिक्षक डिल बहादुर कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

१६ वर्षपछि स्पेन विश्वकपको सेमिफाइनलमा प्रवेश

लोकप्रिय

पत्रकार गौतममाथि पालिका अध्यक्षको धम्कीप्रती महासंघको ध्यानाकर्षण

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

भर्खरै

करेन्ट लागेर भएका घाइतलाई गण्डकी अस्पताल रिफर

बागलुङमा करेन्ट लागेर एक जना घाईते

आईफोन पचाउन साथीको हत्या

अर्मादीमा सवारी दुर्घटना दुईजना घाईते

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki