Skip to content

follow us

baglungkhabar.tv

6th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

नवीनतम मोडेलमा धौलागिरि अस्पताल चलेको छ : स्वास्थ्यमन्त्री गौतम

bk logo final png
  • बागलुङखबर
  • १४ माघ २०८२, मंगलवार २०:४८

सिर्जना कार्की
बागलुङ, १३ माघ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले धौलागिरि अस्पताल बागलङको निरीक्षण गर्नुभएको छ ।

मंगलबार अस्पतालको निरीक्षण गर्ने क्रममा उहाँले धौलागिरि अस्पतालले ल्याएका नयाँ काम र सोच अन्य अस्पतालमा समेत लागु गर्नुपर्ने बताउँनुभयो । उहाँले गण्डकी प्रदेशमै नवीनतम मोडलमा धौलागिरि अस्पताल चलेको स्थलगत निरीक्षणका क्रममा पाइएको बताउँनुभयो ।

धौलागिरि अस्पतालको अवलोकनपछि मन्त्री गौतमले मनोरोगको चिकित्सक पठाउन पहल गर्ने साथै नर्सिङ अध्ययनका लागि आफूले नीतिगतरुपमा अस्पताललाई सघाउने प्रतिवद्धता पनि जनाउँनुभयो ।

मन्त्री गौतमले अस्पतालको विभिन्न विभागको अवलोकन पनि गर्नुभएको थियो ।

मन्त्री गौतमले नागरिकको स्वास्थ्य उपचारलाई सर्वसुलभ बनाउनका लागि स्वास्थ्य बिमालाई व्यवस्थित गर्नुपर्ने बताउनुभयो । सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमाले नागरिकलाई सहज प्रदान गरेपनी यसको चरम दुरुपयोग समेत भएको बताउनुभयो ।

सरकारले धेरै प्रकारका औषधी निःशुल्क दिएपनी अनावश्यक रुपमा बिमाको प्रयोग गर्दा आर्थिक व्यवस्थापनमा समेत समस्या भएको बताउँनुभयो । स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउनका लागि अहिलेको सरकारले निरन्तर पहल गरिरहेको जानकारी समेत गौतमले दिनुभएको थियो । बिमालाई प्रभावकारी रुपमा सञ्चालन गर्न तीनवटै तहका सरकारले लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्य, बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ, धौलागिरी प्रदेश अस्पताल बागलुङका अध्यक्ष श्री प्रसाद शर्मा, अस्पतालका प्रमुख किरण तिवारीले अस्पतालको जनशक्ति, उपकरण, लगायतका समस्याको विषयमा जानकारी गराउनुभएको थियो ।

कार्यालयले प्रदान गरेको सेवा र समस्याको बारेमा धौलागिरि अस्पताल बागलुङका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. किरण तिवारी, जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्मा र धौलागिरि आर्युवेद अस्पताल बागलुङका प्रमुख डा. शरद पन्थीले प्रस्ततिकरण प्रस्तुत गर्नुभएको थियो ।

धौलागिरि अस्पतालका अध्यक्ष श्रीप्रसाद शर्माको अध्यक्षतामा सुरुवात भएको कार्यक्रममा किरण तिवारीको स्वागत मन्तव्य तथा धौलागिरि अस्पतालका मेडिकल रेकर्डर नवराज पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

अझै केही दिन मौसाममा सुधार नहुने, वर्षा र बदली हुने

भर्खरै

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki