Skip to content

follow us

baglungkhabar.tv

21st September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

 बागलुङमा तेस्रो स्मृति रनिङसिल्ड फुटबल प्रतियोगिताको तयारी पूरा

bk logo final png
  • बागलुङखबर
  • १४ माघ २०८२, मंगलवार ०८:१३

रोहन जि.सी.
बागलुङ, १३ माघ । बागलुङ एकता क्लबको आयोजनामा हुन गइरहेको तेस्रो स्मृति रनिङसिल्ड फुटबल प्रतियोगिता–२०८२ को सम्पूर्ण तयारी पूरा भएको छ। क्लबले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो।

विगत ३ वर्षदेखि बागलुङ एकता क्लबका दिवंगत सदस्यहरूको स्मरणमा आयोजित प्रतियोगिता माघ १३ गतेदेखि १७ गतेसम्म बागलुङ नगरपालिका–१ स्थित बाङ्गेचौर खेलमैदानमा सञ्चालन हुनेछ। प्रतियोगितामा जिल्लाभित्र तथा बाहिरका गरी कुल ११ टिमको सहभागिता रहने प्रतियोगितका खेल संयोजक स्वदेश बुढाथोकीले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेता टिमले रु २,००,००० नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले रु १,००,००० प्राप्त गर्नेछ। त्यस्तै, सेमिफाइनलमा पुग्ने प्रत्येक टिमलाई रु २०,००० नगद प्रदान गरिनेछ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक लगायत विभिन्न विधामा व्यक्तिगत पुरस्कारको समेत व्यवस्था गरिएको क्लबका सचिव रमेश भण्डारीले जानकारी दिनु भयो । बागलुङ युनिटी क्लबले प्रतियोगितामार्फत स्थानीय खेलाडीको क्षमता अभिवृद्धि गर्नुका साथै फुटबल खेलको विकास र खेलकुदमैत्री वातावरण सिर्जना गर्ने उद्देश्य लिएको क्लबका अध्यक्ष साहिल खड्काले बताउनुभयो ।

प्रतियोगितालाई भव्य र अनुशासित रूपमा सम्पन्न गर्न आवश्यक सुरक्षा, व्यवस्थापन तथा प्राविधिक तयारी पूरा भएको क्लबले दाबी गरेको छ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

विद्यामन्दिर पुस्तकालयको ७७ औँ साधारणसभा सकियो

लुप्राङमा अङ्गुरखेतीको परीक्षण सफल

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

हिउँ चितुवा गणनाका लागि क्यामेरा जडान

भर्खरै

बागलुङमा डेङ्गीको सर्वेक्षण गर्दा बजारका ४७ प्रतिशत घरमा लामखुट्टेको लार्भा भेटियो

बागलुङका कैदीबन्दीको स्वास्थ्य परीक्षण

धौलागिरी प्रादेशिक अस्पतालमा डायलासिस सेवा विस्तार

बागलुङमा दुई हजार एक सय ८९ जना किशोरी एचपिभि खोप लगाइने 

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki