Skip to content

follow us

baglungkhabar.tv

20th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

आज श्रीपञ्चमी अर्थात् वसन्त पञ्चमी पर्व, सरस्वतीको पूजा गरिदै

bk logo final png
  • बागलुङखबर
  • १० माघ २०८२, शुक्रबार ०८:१५

बागलुङ, ९ माघ । माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी अर्थात् वसन्त पञ्चमी पर्व आज श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । विद्याकी देवी सरस्वतीको विधिपूर्वक पूजा–आराधना गर्न सरस्वती मन्दिरहरूमा भक्तजनको भीड लागेको छ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या र बुद्धि प्राप्त हुने विश्वास छ ।

आजकै दिन विद्यालय नपठाइएका साना बालबालिकालाई अक्षरारम्भ गराउने तथा लेखपढ सिकाउने परम्परा छ । यस दिन पढाइ शुरु गरे राम्रो विद्या प्राप्त हुने मान्यता रहेको छ । विद्या र सृजनाकी देवी भएकाले साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थीले कलम, कापी, कुची, वाद्ययन्त्र आदिलाई सरस्वतीका प्रतीकका रूपमा पूजा गर्ने चलन छ । तान्त्रिकहरू भने तारादेवीका रूपमा आराधना गर्छन् ।

सूर्य उत्तरायण लाग्ने र दिन लामो हुँदै जाने विश्वासका कारण आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता कार्य साइत नहेरी गर्न मिल्ने विश्वास रहे पनि यस वर्ष शुक्र अस्त भएकाले यस्ता शुभकर्म गर्न नहुने मान्यता छ ।

बालबालिकालाई शिक्षा आरम्भ गराउने तथा नाक–कान छेड्ने परम्परा भने कायमै छ । काठमाण्डौ उपत्यकाका स्वयम्भू, मैतीदेवी, गैरीधाराको नीलसरस्वती, ललितपुरको लेलेलगायत देशभरका सरस्वती मन्दिरमा बिहानैदेखि विशेषगरी विद्यार्थीहरूको भीड लागेको छ ।

यसैबीच प्राचीन मिथिला क्षेत्रमा माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी (वसन्तपञ्चमी) लाई कृषि नववर्षको रूपमा मनाउने परम्परा छ । मिथिला मुख्यतया कृषिप्रधान क्षेत्र भएकाले यस पर्वलाई किसानका लागि नयाँ वर्षको शुरुआत मानिन्छ । यस दिन किसानले कृषि श्रमिक र लोहार वरण गर्ने, हलो जोत्ने, कृषि औजार पूजा गर्ने तथा बीउ छनोट, शुद्धीकरण र भण्डारण गर्ने चलन छ ।

यससँगै वर्षभरि राम्रो खेतीपाती होस् भन्ने कामना गरिन्छ । श्रीपञ्चमीसँगै वसन्त ऋतु सुरु हुने र मौसम खेतीका लागि अनुकूल बन्ने विश्वास पनि रहेको छ तर पछिल्ला वर्षहरूमा जलवायु परिवर्तन, मौसमको अनिश्चितता, युवा श्रमिकको पलायन र सरकारी सहयोगको अभावका कारण परम्परागत अभ्यास कमजोर बन्दै गएको किसानहरू बताउँछन् । मिथिलामा हरियाली र सम्पन्नताको प्रतीक मानिने यो पर्व संरक्षण र सहजीकरणको आवश्यकता देखिएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

१६ वर्षपछि स्पेन विश्वकपको सेमिफाइनलमा प्रवेश

लोकप्रिय

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

बागलुङमा गोरु काटिरहेको अवस्थामा १० जना पक्राउ

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

भर्खरै
Accident

बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना

सुवेदीद्वारा अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग

‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki