Skip to content

follow us

baglungkhabar.tv

27th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

उत्पादनमुलक सहकारीका लागि व्यवसायिक योजना तर्जुमा तालिम सुरु

bk logo final png
  • बागलुङखबर
  • ८ माघ २०८२, बुधबार ०९:०३
बागलुङमा व्यवसायिक योजना तर्जुमा तथा क्षमता विकास तालिम सुरु गर्दा लिइएको तस्बिर
बागलुङमा व्यवसायिक योजना तर्जुमा तथा क्षमता विकास तालिम सुरु गर्दा लिइएको तस्बिर

बागलुङ ७ माघ । उत्पादनमुलक सहकारी संस्थाहरुको लागि बागलुङमा व्यवसायिक योजना तर्जुमा तथा क्षमता विकास तालिम सुरु भएको छ ।

बागलुङ दुग्ध उत्पादक सहकारी संघको समन्वय तथा सहकारी रजि«स्टारको कार्यालयको आयोजनामा तीन दिने तालिमको मंगलबारदेखि शुभारम्भ गरिएको हो ।

तालिमको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बागलुङ नगरपालिकाले व्यवसायिक कृषि क्षेत्रको बिकासका लागि नगरपालिकाले प्राथमिकताका साथ नीति तथा कार्यक्रम निर्माण गरेको बताउनुभयो ।

उहाँले कृषकको सहजीकरणका लागि बिना धितो ऋण, गोठ सुधार, घास उत्पादनका लागि बिउ तथा विरुवा वितरण, विभिन्न आधुनिक औजार वितरण लगायका कार्य गर्दै आएको बताउनुभयो । किसानले उत्पादन गरेका वस्तुका लागि बागलुङमा बजारीकरणको समस्या नरहेको उहाँको भनाई थियो । जिल्ला सहकारी सघंका अध्यक्ष खिमबहादुर कार्कीले विभिन्न खाले तालिम मार्फत किसानलाई सबल, सक्षम र उत्पादनमुखी बनाउनुपर्ने बताउनुभयो ।

सहकारी रजि«स्टार भेषराज रिजालको अध्यक्षता, बागलुङ दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष दिपक गौतमको स्वागत र सहकारी रजि«स्टारको कार्यालयका प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद ढकालको सञ्चालनमा कार्यक्रमको उद्घाटन सत्रको समापन भएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki