Skip to content

follow us

baglungkhabar.tv

11th August 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

महिला समूहलाई बाख्रा उपहार

bk logo final png
  • बागलुङखबर
  • ६ माघ २०८२, सोमबार १७:५७

बागलुङ ५ माघ । बागलुङमा नगरपालिका १० भकुण्डेमा रहेको महिला समूहलाई बाख्रा उपहार गरिएको छ ।

भकुण्डेमा रहेको शिवालय स्वभालम्भी महिला समूहलाई बागलुङ नगरपालिकाको आर्थिक सहयोगमा शनिबार बाख्रा उपहार गरिएको हो ।

हेफर बागलुङ र गाजा डेभलपमेण्ट फाउण्डेसन बागल्ङको प्रविधिक सहयोगमा उपहार प्रदान कार्यक्रम अन्तर्गत त्यहाँ रहेका विभिन्न समूहलाई २१ वटा बाख्रा प्रदान गरिएको हो ।

कार्यकमको उद्धाटनपछि बोल्दै बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले जनताका काम गर्नका लागि आत्मनिर्भर काम गरेको बताउनुभयो । उहाँले जनताका लागि विभिन्न तालिमहरु आगामी दिनमा ल्याउने पनि बताउनुभयो । त्यहाँ रहेका जनतालाई आर्थिक विकास र उत्पादनमा जोडिन खड्काले आग्रह गर्नुभयो ।

बागलुङ नगरपालिकाका पशु शाखाका प्रमुख मित्रलाल सापकोटा, गाजा डेभलपमेण्ट फाउण्डेसन बागलुङका अध्यक्ष याम प्रसाद कडेँल, वडा अध्यक्ष तिल बहादुर थापाले लगाएतले मन्तव्य राख्नुभएको थियो ।

सबैले आयआर्जनमा टेवा पुर्याउन र गाउँमा नै रोजगारी उत्पन्न हुने तथा आम्दानी हुने कार्यहरुमा जोड दिनुपर्ने कुरा बताएका थिए । मेहेनत गरे प्रतिफल पनि राम्रो हुने उनीहरुको भनाई थियो ।

बागलुङ नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा वडा नम्बर ५ देखि १४ नम्बर वडालाई समेटेको छ भने क्रमसँगै १ नम्बर वडा देखि ४ नम्बर वडालाई पनि समेटिने उपप्रमुख खड्काले जानकारी दिनुभयो ।

समूहकी अध्यक्ष कलावती बिकको अध्यक्षता समूहकी सदस्य देउकली थापाको स्वागत तथा सचिव अमृता थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

आत्मनिर्भर बागलुङका कार्यक्रमका लागि गत वर्ष १ करोड रकम छुटिएको थियो भने यो आर्थिक वर्ष २०८२/८३का लागि ७० लाख छुटिएको खड्काले जानकारी दिनुभयो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

बागलुङमा भोलिपनि ग्यास वितरण गरिने

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

विपद् उद्धार सामग्री हस्तान्तरण

बागलुङमा भोलिपनि ग्यास वितरण गरिने

मालढुङ्गाको पुल जोखिममा

बागलुङमा डेङ्गीका विरुद्ध खोज र नष्ट अभियान

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki