Skip to content

follow us

baglungkhabar.tv

20th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

पलेशालाई ट्रेलब्लेजर अवार्ड, ऐरी र गुरुङ वर्षका उत्कृष्ट खेलाडी

bk logo final png
  • बागलुङखबर
  • २४ पुष २०८२, बिहीबार ०७:०२

काठमाण्डौ, २४ पौष । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले पोखरामा आयोजना गरेको एनएसजेएफ स्पोट्र्स अवार्डको २२औँ संस्करणमा पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले ट्रेलब्लेजर अवार्ड प्राप्त गर्दा करातेकी एरिका गुरुङ र क्रिकेटका दीपेन्द्र सिंह ऐरी वर्ष २०८१ का उत्कृष्ट खेलाडी बनेका छन् ।

एनएसजेएफले पलेशालाई एनएसजेएफ ट्रेलब्लेजर अफ दि इयर अवार्डबाट सम्मान गरेको हो । एनएसजेएफले प्रदान गर्दै आएको १० विधाबाहेक यो अवार्ड विशेष पदकका लागि प्रदान गरिएको हो । सन् २०२४ को पेरिस पारा ओलम्पिकमा पलेशाले ५७ केजी तौल समूह के–४४ क्याटेगोरीमा कास्य पदक जित्दै नेपालले ओलम्पिक इतिहास रचेको थियो ।

साथै यो नेपालले अन्तर्राष्ट्रिय स्तरमा प्राप्त गरेको अहिलेसम्मकै ठूलो पदक हो । एनएसजेएफ वर्ष खेलाडी (पुरुष) को अवार्ड राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले जितेका छन् । क्रिकेटर ऐरीका लागि यो वर्ष सफल रह्यो । एसीसी प्रिमियर कप २०२४ मा कतारविरुद्ध एकै ओभरमा ६ छक्का प्रहार गर्दै उनले विश्वव्यापी चर्चा कमाएका थिए । यस विधामा उसुका विजय सिन्जाली, क्रिकेटका कुशल भुर्तेल, खो–खोका जनक चन्द तथा टेबल टेनिसका स्यान्टु श्रेष्ठ मनोनयनमा परेका छन् ।

एनएसजेएफ वर्ष खेलाडी (महिला) ८८ को अवार्ड लगातार दोस्रो पटक करातेकी सुपरस्टार खेलाडी एरिका गुरुङले जितेकी छन् । एनएसजेएफ युवा वर्ष खेलाडीको अवार्ड यू–१९ महिला क्रिकेट टोलीकी पूजा महतोले जितेकी छन् । एनएसजेएफ वर्ष प्रशिक्षकको अवार्ड पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले जितेका छन् । एनएसजेएफ पारा एथलेट अवार्ड प्रभा आङ्देम्बेले प्राप्त गरेकी छन् । एनएसजेएफ पिपुल्स च्वाइस अवार्ड भलिबल खेलाडी हिमाल सुनारीले जितेका छन् ।

एनएसजेएफ टिम अफ दि इयरको अवार्ड खो–खोका महिला र पुरुष टोलीले संयुक्त रूपमा जितेका छन् । एनएसजेएफ लाइफटाइम अचिभमेन्ट अवार्डबाट वरिष्ठ एथलेटिक्सका पूर्व खेलाडी तथा प्रशिक्षक खड्ग रानाभाट सम्मानित भएका छन् । एनएसजेएफ स्पेसल अवार्ड तेक्वान्दो विज्ञ तुलसीकुमार गुरुङले प्राप्त गरेका छन् ।

एशियन स्पोट्र्स जर्नलिस्ट अवार्ड बङ्गलादेशका मोहम्मद हसन उल्लाह खानले प्राप्त गरेका छन् ।

पुरुष, महिला, युवा, प्रशिक्षक तथा पिपुल्स च्वाइस अवार्ड विजेताले पल्सर मोटरसाइकल तथा अरु विधाका विजेताले समान एक लाख रुपैयाँ प्राप्त गरेका छन् ।

Share

प्रतिक्रिया

थप समाचारहरु

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

१६ वर्षपछि स्पेन विश्वकपको सेमिफाइनलमा प्रवेश

लोकप्रिय

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

बागलुङमा गोरु काटिरहेको अवस्थामा १० जना पक्राउ

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

भर्खरै
Accident

बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना

सुवेदीद्वारा अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग

‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki