Skip to content

follow us

baglungkhabar.tv

30th April 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

एमालेको अध्यक्षमा तेस्रो पटक ओली निर्वाचित

bk logo final png
  • बागलुङखबर
  • ४ पुष २०८२, शुक्रबार ०९:०३

काठमाडौं, ४ पुस । नेकपा (एमाले) को ११ औं महाधिवेशनको परिणाम आउनेक्रम सुरु भएको छ । मतदान गरिएको ८० वटा मेशिनबाट चिप्स जम्मा गरी गणना सुरु भएपछि परिणाम आउन सुरु गरेको हो ।

पछिल्लो परिणामअनुसार अध्यक्षमा केपी शर्मा ओली १६६३ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रत्यासी ईश्वर पोखरेल ५६४ मत प्राप्त गर्नुभएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो ।

निर्वाचन आयोगका अनुसार सोहीअनुसार उपाध्यक्षमा अरुण नेपाल २२३,  गुरुप्रसाद बराल ५८५, गोकर्णराज विष्ट ७१३, टकंप्रसाद कार्की  १८६, पर्शुराम मेघि गुरुङ्ग  ३३४, प्रथविसुव्वा गुरुङ  ९००, भिमप्रसाद आचार्य १४३, रघुजी पन्त ६१७, रामबहादुर थापा बादल ७७४, विन्दा पाण्डे ४७४, विष्णुप्रसाद पौडेल ८४६ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, महासचिवमा शंकर पोख्रेल १२२८ मत प्राप्त हुँदा प्रतिस्पर्धी सुरेन्द्रप्रसाद पाण्डे ९९८ मत प्राप्त गर्नुभएको छ ।

सोहीअनुसार उपमहासचिवमा आनन्दप्रसाद पोख्रेल ३३४, योगेस भट्टराइ ७०९, रघुविर महासेठ ६८९, राजेन्द्रप्रसाद गौतम १४०, लेखराज भट्ट ७३४, विष्णुप्रसाद रिमाल ५४०, वैजनाथ चौधरी २७१ प्राप्त गर्नुभएको छ ।

त्यस्तै, सचिवमा अग्निप्रसाद खरेल ३७७, इन्द्रलाल साप्कोटा २०९, कर्णबहादुर थापा ४४४, कृष्णगोपाल श्रेष्ठ ३२५, खगराज अधिकारी ६८०, गोकुलप्रसाद बास्कोटा ५२८, छविलाल विश्वकर्मा ७६९, ठाकुरप्रसाद गैरे ४६२, पद्माकुमारी अर्याल ७७८, पुर्सोतम पौडेल २३०, पेम्वा लामा २५५, भानुभक्त ढकाल ५५२,

महेश बस्नेत ७८३, यमलाल कडेल ६२६, रचना खड्का ४५९, राजन भट्टराइ ५८१, लालबाबु पण्डित ३९९, विनोदप्रसाद ढकाल ३५५, शेरधन राई ७६७, हिक्मतकुमार कार्की ६७२ मत प्राप्त गर्नुभएको छ ।

एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार अवको दुई घण्टापछि सबै निर्वाचन परिणाम सार्वजनिक हुनेछ । गणनाअनुसार अपडेट नियमित सार्वजनिक गरिने उहाँको भनाइ छ । एमालेको महाधिवेशनमा ६४२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । महाधिवेशनमा २ हजार २२७ जनाले मतदान गर्नुभएको थियो । २ हजार दुईसय ६३ मतदाता रहे पनि ३६ जना मतदाता अनुपस्थित रहनुभएको निर्वाचन आयोगका पदाधिकारीहरुको भनाइ छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

सहकारीमा देखिएको समस्या समाधान गर्न प्रदेश र स्थानीय तहबिच समन्वय गर्ने

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

विद्युतीय गाडीले बढेको भाडा लिन नपाउने

लोकप्रिय

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा बादलले दिलाए बागलुङलाई पहिलो स्वर्ण

कालिका कप : घले हार्भेस्टिङ र गौडाकोट सेमिफाइनलमा

सहकारीमा देखिएको समस्या समाधान गर्न प्रदेश र स्थानीय तहबिच समन्वय गर्ने

प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र

भर्खरै

जिल्ला सहकारी संघ बागलुङले १९ औ स्थापना दिवस मनायो 

बागलुङका धार्मिक तथा पर्यटकीय स्थलहरूको सरसफाई अभियान सम्पन्न

सहकारीमा देखिएको समस्या समाधान गर्न प्रदेश र स्थानीय तहबिच समन्वय गर्ने

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki