सुजन रेग्मी
बागलुङ । बागलुङमा रहेको प्रबुद्ध समूहले पौष ५ गते कन्सर्ट गर्ने भएको छ । समूहले कन्सर्ट गर्न लागेको बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।
सामाजिक कार्यमा अग्रसर रहेको समूहले आगामी पाँच गते कन्सर्ट गर्न लागेको हो ।
ग्रेस इन्टरनेसनल बागलुङको मुख्य प्रायोजनमा उक्त कन्सर्ट गर्न लागिएको प्रबुद्ध युवा समूहका अध्यक्ष रोहित सुनारले जानकारी दिनुभयो ।
पर्यटन प्रवर्धन, कला संस्कृतिको संरक्षण र प्रवर्धन, व्यावसायिक प्रर्वधन र अक्षकोष निर्माणको लक्ष्य र उद्धेश्यले कन्सर्ट गर्न लागिएकोे अध्यक्ष सुनारले जानकारी दिनुभयो ।
कन्सर्टका लागि १५ लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको छ भने उक्त कार्यक्रम पाँच गते दिउँसो २ बजेदेखि बेलुका ९ बजेसम्म हुने आयोजकले जनाएकोे छ ।
कार्यक्रममा डि मार्चा ब्याण्डको टोली आउनेछ भने कलाकार बाबुकृष्ण परियार र सुरेश सुनार आउने समूहका सचिव सागर क्षेत्रीले जानकारी दिनुभयो ।
कार्यक्रम पत्रकार सम्मेलनमा समूहका अध्यक्ष रोहित सुनारको अध्यक्षता र सचिव सागर खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।








