Skip to content

follow us

baglungkhabar.tv

23rd October 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Advertisement

एनपिएलमा आज जनकपुर र पोखरा खेल्दै, खेलमा सन्देशसहितको प्रतिस्पर्धा हुने

bk logo final png
  • बागलुङखबर
  • १२ मंसिर २०८२, बिहीबार ०६:३७

काठमाडौं, ११ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनमा बिहीबार जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स एकअर्काको सामना गर्दा त्यो केवल प्रतिस्पर्धा मात्र हुने छैन।

दुई टोली क्रिकेट मैदानमार्फत समाजमा सन्देश फैलाउने अभियानसहित उत्रने भएका छन्। जनकपुर बोल्ट्स ‘आमाको सम्मान’ सन्देशसहित पिंक जर्सीमा मैदान उत्रनेछ ।

जनकपुरका प्रत्येक खेलाडीले जर्सीको पछाडि आ आफ्नो आमाको नाम अंकित हुनेछ। हालै आफ्नी आमा गुमाएका ललित राजवंशी र विकास आग्रीका लागि यो खेल झनै भावनात्मक बन्नेछ। ललित र विकासले केहि समयअघि आमा गुमाएका थिए।

खेलमा प्रयोग भएका जर्सीहरू अक्सनमार्फत लिलामी गरी त्यसबाट संकलित रकम आमाहरूले सञ्चालन गर्दै आएका सामाजिक कार्यमा प्रदान गरिने जनकपुर बोल्ट्सका महाप्रबन्धक निरोज खतिवडाले बुधवार पत्रकार सम्मेलनमार्फत जानकारी दिए।

पोखरा एभेन्जर्सको टोली जलवायु परिवर्तनको चेतना फैलाउने उद्देश्यसहित विशेष डिजाइनको जर्सीमा खेल्नेछ। गत वर्ष ‘ग्लेसियर म्याटर्स’ सन्देशसहित जर्सीमा खेलेको पोखराले यसपटक पनि वातावरण संरक्षणलाई निरन्तरता दिँदैछ।

पोखराका प्रमुख सुवोध त्रिपाठीका अनुसार क्लबले सुरुदेखिनै ग्लोबल वार्मिङविरुद्ध आवाज उठाउने मिशन अपनाएको छ र यस अभियानमा जनकपुरले ‘आमाको सम्मान’ मार्फत शोकलाई शक्तिमा रूपान्तरण गर्दै हातेमालो गरेको उल्लेख गरे।

जारी एनपिएलमा दुबै टोलीको उत्कृष्ट सुरुवात हुन सकेको छैन। ८ टोली सहभागी एनपिएलमा साविक विजेता जनकपुर र पोखराले २ खेलसम्म जित निकाल्न सकेका छैनन्।

अंक विहिन जनकपुर सातौं र पोखरा पुछारमा छ। त्यसअघि बिहान ११।४५ बजे सुरु हुने खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।

खेल दिउँसो ४ बजे सुरु हुनेछ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

भर्खरै

बास्बोटको ऐतिहासिक देउराली मन्दिर पुनर्निर्माण

बन्दीलाई दशैँ मनाउन खसी उपहार

चाडपर्वलाई लक्षित गर्दै बागलुङमा सुरक्षा व्यवस्था कडा

कालिका मन्दिरमा भक्तजन बढे

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki