Skip to content

follow us

baglungkhabar.tv

21st September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

फरार ८ कैदीबन्दी बागलुङमा पक्राउ

bk logo final png
  • baglungkhabar
  • ३० भाद्र २०८२, सोमबार ०६:२६

बागलुङ, ३० भदौ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा देशका विभिन्न कारागारबाट फरार भएका ८ जना कैदीबन्दी बागलुङमा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङले आन्दोलनको क्रममा देशका विभिन्न कारागारबाट फरार भएर बागलुङ आइपुगेका ८ जना कैदीबन्दीलाई नियन्त्रणमा लिइएको जनाएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक तिलक भारतीले फरार चार जना कैदी र चार जना थुनुवालाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

बालसुधार केन्द्र साराङकोटबाट फरार भएका चार जना थुनुवा, चितवन कारागार, केन्द्रीय कारागार, म्याग्दी कारागार र पोखरा कारागारबाट फरार एक–एक जना कैदीलाई बागलुङ आइपुगेका थिए । उनीहरुलाई जिल्लाको विभिन्न ठाउँबाट नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक भारतीले बताउनुभयो ।

बालसुधार केन्द्र साराङकोटबाट जबरजस्ती करणीका थुनुवा अभिषेक सुनार, पूर्णलाल विक, कर्तव्य ज्यान मुद्दाका थुनुवा रोजन खत्री र ज्यान मार्ने उद्योगका थुनुवा मिलन परियार बागलुङमा पक्राउ परेका हुन् भने चितवन कारागारमा जबरजस्ती करणकीका कैदी पर्शुराम खत्री, केन्द्रीय कारागारबाट जबरजस्ती करणकीका कैदी टेकबहादुर विक, म्याग्दी कारागारबाट जबरजस्ती करणकीका कैदी जनक पुन र पोखरा कागाराबाट जबरजस्ती करणकीका कैदी बलबहादुर थापा फरार भएर बागलुङ आइपुगेका थिए । नियन्त्रणमा लिइएका कैदीबन्दीलाई जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा राखिएको छ ।

सम्बन्धित कारागारमा सम्पर्क गरेर पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । आन्दोलनका क्रममा देशका विभिन्न कारागारबाट भागेका कैदीबन्दीलाई सम्बन्धित कारागार फर्कन प्रहरीले आग्रह गरिसकेको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

विद्यामन्दिर पुस्तकालयको ७७ औँ साधारणसभा सकियो

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

भर्खरै

बागलुङका कैदीबन्दीको स्वास्थ्य परीक्षण

धौलागिरी प्रादेशिक अस्पतालमा डायलासिस सेवा विस्तार

बागलुङमा दुई हजार एक सय ८९ जना किशोरी एचपिभि खोप लगाइने 

सिवाईसी साकोसको इलाकास्तरीय बैठक बेनीमा सम्पन्न

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki