सुजन रेग्मी
बागलुङ, १८ भदौ । बागलुङमा जेसीज सप्ताह सुरु भएको छ ।
विभिन्न रचनात्मक तथा खेलकुदका कार्यक्रमसहित भदौ १८ गतेदेखि २४ गतेसम्म जेसीज सप्ताह सुरु भएको हो ।
कार्यक्रमको उद्धाटन प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङले गरेका थिए । उनले उद्धाटन पछि बोल्दै नेतृत्व भएमा मात्र कार्य सम्पन्न हुने बताए ।
उनले जेसीजले राम्रो काम गरेको बताउँदै उनले व्यक्तिले शासन नभएर विधिको शासन हुनुपर्ने बताए । सामाजिक सञ्जालमा हुने ज्ञानलाई लिमिटले सिक्न आवश्यक रहेको बताउँदै अहिले समयमा देश विकास भएता पनि युवा पलायन भएकोमा उनले चिन्ता व्यक्त गरे । उनले समयमा बुझेर काम गर्नुपर्ने तथा आफूले सिकेका ज्ञानलाई अरुलाई पनि सिकाउन आवश्यक रहेको बताए ।
कार्यक्रमा पूर्वअध्यक्ष सम्मान र युवा सम्मान गरिएको थियो । पुर्वअध्यक्षतर्फ मनमोहन श्रेष्ठ, सुदिप राजभण्डारी, निलेश राजभण्डारी, पार्वती अधिकारी, सुजन श्रेष्ठ, जोन बज्राचार्यलाइ सम्मान गरिएको हो भने युवा सम्मानतर्फ उत्कृष्ट महिला सम्मानमा महिला उद्वमी एवम धौलागिरि ड्राई क्लिनरका प्रोपाइटर सर्मिला पौडेल र उत्कृष्ट महिला सम्मानमा यातायात व्यवस्था कार्यालय बागलुङका प्रमुख गोमा देवि शर्मालाइ सम्मान गरिएको थियो ।

कार्यक्रममा बानपा वडा नम्बर २ का अध्यक्ष सुरज बोसेल राष्ट्रिय जेसीजका कार्यकारी उपाध्यक्ष सौरभ केसी, बागलुङ जेसीजका लिडर अध्यक्ष ऋषिराम गौतम, यातायात व्यवस्था कार्यालय बागलुङका प्रमुख गोमादेवि शर्मा, स्ववियु अध्यक्ष आस्मिन शेख, उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष राजन कुमार शाक्यले शुभकामना व्यक्त गरेका थिए ।
बागलुङ जेसीजका वर्ष २०२४ं/२५का अध्यक्ष जेसी सुसान्तकृष्ण श्रेष्ठको अध्यक्षता, निवर्तमान अध्यक्ष गणेश महत्तोको स्वागत तथा स्वीकृति भारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।










