Skip to content

follow us

baglungkhabar.tv

22nd September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङ जेसीज सप्ताह २०२५ बुधवारबाट

bk logo final png
  • बागलुङखबर
  • १८ भाद्र २०८२, बुधबार ०७:४०

बागलुङ, १८ भदौ । युवाहरुको क्षमता र नेतृत्व बिकासमा सक्रिय बागलुङ जेसीजले यसवर्ष पनि विभिन्न कार्यक्रमका साथ जेसीज सप्ताह गर्ने भएको छ ।

विभिन्न रचनात्मक तथा खेलकुदका कार्यक्रम सहित भदौ १८ गतेदेखि २४ गतेसम्म जेसीज सप्ताह गर्न लागेको हो । सप्ताहको पहिलो १८ गते बिहान ८ बजेदेखि उद्योग बाणिज्य संघको सभाहलमा उद्घाटन तथा युवा सम्मान कार्यक्रम गरिने भएको छ ।

दोस्रो दिन भदौ १९ गते लोकतान्त्रिक चोकमा दिउँसो २ बजेदेखि सत्यदेवि स्मृति स्लो बाइक रेस प्रतियोगिता, तेस्रो दिन भदौ २० गते बिहान ११ बजेदेखि होटल दि राजनमा महिलाहरुका लागि भाषणकला तालिम, चौथो दिन २१ गते बिहान ८ बजे बागलुङ जेसीज र पत्रकार महासंघको कार्यसमितिबिच मैत्रीपूर्ण फुटसल आयोजना गरिएको मुल संयोजक प्रेमप्रसाद ढकालले जानकारी दिनुभयो ।

यसैगरि पाँचौ दिन २२ गते बिहान ७ बजेदेखि होटल दि राजनमा मेयरसंग विद्यार्थी कार्यक्रम, छैटो दिन २३ गते बिहान ११ बजे धौलागिरि अस्पतालमा हेल्दी बेवी प्रतियोगिता र सातौ दिन २४ गते बिहान ११ बजेदेखि होटल पिसप्यालेसमा स्वर्गिय प्रगतिकुमार श्रेष्ठ स्मृति बक्तृत्वकला प्रतियोगिता, पुरस्कार बितरण तथा समापन समारोह हुने अध्यक्ष सुशान्तकृष्ण श्रेष्ठले बताउनुभयो ।

सप्ताहको कार्यक्रमका लागि केहि स्मृति कोषबाट खर्च हुने र बाँकी करिव १ लाख ७५ हजार खर्च अनुमान गरिएको श्रेष्ठले बताउनुभयो । प्रत्येक दिनको कार्यक्रमका लागि संयोजक समेत तोकिएको मुल संयोजक ढकालले बताउनुभयो ।

पहिलो दिनको उद्घाटन तथा युवा सम्मानका लागि स्विकृति भारी, दोस्रो दिनको सत्यदेवि स्मृति स्लो बाइक रेस प्रतियोगिताका लागि सुविसन श्रेष्ठ, तेस्रो दिनको भाषणकला तालिमका लागि निशा कार्की, चौथो दिनको मैत्रीपूर्ण फुटसलका लागि मिलन खत्री संयोजक रहनुभएको ढकालले जानकारी दिनुभयो ।

पाँचौ दिनको मेयरसंग विद्यार्थी कार्यक्रमका लागि शुभम् राजभण्डारी, छैटो दिनको हेल्दी बेवी प्रतियोगिताका लागि बिनोद मगर र सातौ दिनको स्वर्गीय प्रगतिकुमार श्रेष्ठ स्मृति बक्तृत्वकला प्रतियोगिता तथा समापन समारोहका लागि शिवबहादुर केसीलाई संयोजक बनाइएको उहाँले बताउनुभयो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

विद्यामन्दिर पुस्तकालयको ७७ औँ साधारणसभा सकियो

लुप्राङमा अङ्गुरखेतीको परीक्षण सफल

हिउँ चितुवा गणनाका लागि क्यामेरा जडान

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै
तस्विर: एआइ निर्मित

हँसिया प्रहार गरि एक जना घाइते

बागलुङमा डेङ्गीको सर्वेक्षण गर्दा बजारका ४७ प्रतिशत घरमा लामखुट्टेको लार्भा भेटियो

बागलुङका कैदीबन्दीको स्वास्थ्य परीक्षण

धौलागिरी प्रादेशिक अस्पतालमा डायलासिस सेवा विस्तार

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki