Skip to content

follow us

baglungkhabar.tv

21st September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङमा खेतीयोग्य जमिन बाँझो हुने क्रम बढ्दो

bk logo final png
  • बागलुङखबर
  • २९ श्रावण २०८२, बुधबार ०८:५०

बागलुङ, २८ साउन । युवाहरु विदेश पलायन र कृषि जनशक्तिको अभावले बागलुङमा खेतीयोग्य जमिन बाँझो हुने क्रम बढ्दै गएको छ । बागलुङमा कुल खेती योग्य जमिन २५ प्रतिशत रहेपनि हालसम्म १७ प्रतिशत जमिनमा मात्र खेती गरिएको छ ।

कृषि ज्ञान केन्द्र बागलुङको तथ्यांक अनुसार बागलुङको कुल खेतीयोग्य जमिनमध्य १५ हजार ६ सय ४५ हेक्टर जमिन बाँझो रहेको छ । बागलुङको एक लाख ७८ हजार चार सय ६ हेक्टर जमिनमा ४६ हजार एक सय ४८ हेक्टर जमिनमा खाद्यन्न उत्पादन गर्न सकिने ज्ञान केन्द्रका सूचना अधिकारी तथा बाली संरक्षण अधिकृत सन्तोष अधिकारीले बताउनुभयो ।

“बागलुङको एक लाख ७८ हजार चार सय हेक्टर जमिनमा ४६ हजार एक सय ४८ हेक्टर जमिन खेती योग्य रहेको छ,” अधिकारीले भन्नुभयो,“हाल ३० हजार पाँच सय तीन हेक्टर जमिनमा खाद्यान्न उत्पादन हुने गरेको छ ।” बागलुङको १४ हजार ६ सय २५ हेक्टर जमिन बाँझो रहेको र एक हजार २० हेक्टर जमिन प्लटीङ्ग गरेर राखिएको अधिकृत अधिकारीको भनाई छ ।

अधिकृत अधिकारीका अनुसार बागलुङबाट युवाहरु बैदेशिक रोजगारीमा जाने र गाउँमा वृद्धा भएका आमाबाबु मात्र हुने गरेकाले खाद्यन्न उत्पादनमा कमि आएको छ । “युवाहरु रोजगारीको शिलशिलामा विदेश जाने र गाउँमा रहेका बुहारीहरु पनि शहर पस्ने चलन बढ्दो छ । युवाहरु विदेश जाँदा गाउँमा रहेका वृद्धवृद्धाहरुले काम गर्न नसक्नुले जमिन बाँझो रहन पुगेको हो” उहाँले भन्नुभयो ।

बागलुङमा कुल खेती हुने जमिनको २० प्रतिशत जमिनमा मात्र सिचाई सुविधा पुगेको कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ । अधिकारीका अनुसार खेती गरिएको जमिन मध्ये ६ हजार एक सय ५६ हेक्टर जमिनमा सिंचित सुविधा पुगेको हो । बागलुङमा दुई हजार सात सय ७६ हेक्टर जमिनमा बाह्रै महिना सिंचाई हुने गरेको छ । यस्तै तीन हजार तीन सय ८० हेक्टर जमिनमा मौसमी सिंचाई छभने २४ हजार तीन सय ४७ हेक्टर जमिनमा सिचाई नपुगेको अधिकारीले बताउनुभयो ।

जिल्लामा अहिले एक लाख एक हजार ५१ मेट्रिक्टन खाद्यन्न उत्पादन हुने गरेको छ । जिल्ला उत्पादन हुने मुख्य खाद्यन्न भनेको मकै, गहुँ, कोदो, धान होभने फलफुल तथा अन्य खेती हुँदै आएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

विद्यामन्दिर पुस्तकालयको ७७ औँ साधारणसभा सकियो

लुप्राङमा अङ्गुरखेतीको परीक्षण सफल

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

हिउँ चितुवा गणनाका लागि क्यामेरा जडान

भर्खरै

बागलुङमा डेङ्गीको सर्वेक्षण गर्दा बजारका ४७ प्रतिशत घरमा लामखुट्टेको लार्भा भेटियो

बागलुङका कैदीबन्दीको स्वास्थ्य परीक्षण

धौलागिरी प्रादेशिक अस्पतालमा डायलासिस सेवा विस्तार

बागलुङमा दुई हजार एक सय ८९ जना किशोरी एचपिभि खोप लगाइने 

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki