Skip to content

follow us

baglungkhabar.tv

8th August 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

युनियनको सय दिने सदस्यता अभियान बागलुङमा सुरु

bk logo final png
  • बागलुङखबर
  • २३ श्रावण २०८२, बिहीबार १९:५४

बागलुङ, २२ साउन । नेपाल प्रेस युनियनको सय दिने सदस्यता विशेष अभियान बागलुङमा सुरुवात गरिएको छ ।

नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालको उपस्थीतिमा बिहीबार अभियानको सुरुवात गरिएको हो ।

अध्यक्ष लम्सालले नयाँ सदस्य इशिका थापा मगर र शिशिर जिसीलाई नेपाल प्रेस युनियनको सदस्यता प्रदान गरी अभियानको सुरुवात गरे । गण्डकी प्रदेशमा बागलुङ यो अभियानको सुरुवात गर्ने पहिलो जिल्ला पनि हो । यो अभियानमा पुुराना सदस्यको सदस्यता नवीकरण गर्ने र नयाँ पत्रकारलाई प्रेस युनियनको सदस्यता प्रदान गरिनेछ ।

कार्यक्रममा बोल्दै अध्यक्ष लम्सालले प्रेस युनियनलाई श्रमजिवी पत्रकारहरुको बलियो संगठन बनाउनका लागि यो अभियान सञ्चालन गरिएको बताए । ‘अहिले जो पनि पत्रकार हुने भन्ने खालको प्रश्न हामीमाथि छ,’ उनले भने,‘हामी हाम्रो संगठनलाई विशुद्ध श्रमजिवी पत्रकारको संगठन बनाउन र पत्रकार र पत्रकारिताको विकासमा लगाउन लागि यो अभियान चलाएका हौं ।’

पत्रकारितालाई पेसा बनाएकालाई मात्र प्रेस युनियनमा आवद्ध गराउनेगरी अभियान चलेको उनले बताए । ‘पत्रकार महासंघले पनि सदस्यता सुद्धीकरण भनेर अभियान चलायो, त्यसमा अनेकन विवाद पनि भए,’ उनले भने,‘हामीले हाम्रो संगठनलाई पत्रकार आवद्ध बनाउने र अन्य क्षेत्रमा प्रवेश गरेकालाई विदाई गर्ने अभियान हो ।’ सधैं महाधिवेसन केन्द्रीत सदस्यता वितरणले समस्या देखिएकाले यस पटक पहिले नै यो अभियान चलाएको उनले बताए ।

फरक प्रसङ्गमा उनले अहिले डिजीटल सञ्चार माध्यमहरु स्थानीय अधिकारीले दर्ता गर्ने भनेर आएकोमा आफूहरुको असहमती भएको बताए । ‘डिजीटल सञ्चारमाध्यम दर्ता गर्ने भन्ने हुनै सक्दैन, अभिलेखीकरण गर्ने हो । अभिलेखीकरण गर्ने कुरालाई राज्यसले साँच्चै सजिलो बनाउन खोजको हो भने वडा वडाबाट अभिलेखीकरण हुने व्यवस्था गर्नुपर्छ । होईन भने यो विषय मान्य हुन सक्दैन ।’ अभिलेख गर्ने र दर्ता गर्ने विषय फरक भएको उनले उल्लेख गरे । ‘स्थानीय अधिकारीलाई मन लागे दर्ता गर्ने मन नलागे दर्ता नगर्ने भन्ने गरी अधिकार दिने विषयमा हामी सहमत छैनौं,’ उनले भने,‘दर्ता गर्ने कुरा पहिले नै डोमिन लिदा नै दर्ता भैसकेको हुन्छ । त्यसलाई अभिलेख गर्ने र नियमन गर्ने निकाय स्वायत्त संस्था हुनुपर्छ भनेर हामीले भन्दै आएका छौं ।’

उक्त अवसरमा केन्द्रीय अध्यक्ष लम्सालले जिल्ला अध्यक्ष संगम घर्तीमगरलाई सदस्यता फाराम हस्तान्तरण गरेका थिए । नेपाल प्रेस युनियन बागलुङले यस अगाडिबाटै सदस्यता नवीकरणको प्रक्रिया थालेको छ । अबको एक महिना भित्र सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणको पहिलो चरणको काम सम्पन्न गरेर साधारणसभा गर्ने र त्यसपछि पुनः सय दिने अभियानलाई निरन्तरता दिने प्रेस युनियन बागलुङका अध्यक्ष संगम घर्तीमगरले बताए ।

नेपाल प्रेस युनियन बागलुङ अध्यक्ष संगम घर्तीमगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष सुवास आचार्य र सञ्चालन सचिव डम्मर बुढामगरले गरेका थिए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

बागलुङ जिप दुर्घटमा अपडेट :पाँच जना घाईते

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

भर्खरै

बिआइसिटिइमा धवलागिरि क्याम्पसका विद्यार्थीको उत्कृष्ट नतिजा

पत्रकार महासङ्घ बागलुङका पूर्व अध्यक्षलाई मातृशोक

रातिको समयमा बढी मूल्यमा ग्याँस बिक्री गर्दै गरेको पिकअप भ्यान नियन्त्रणमा

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki