Skip to content

follow us

baglungkhabar.tv

18th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

रोट्रयाक्ट क्लव अफ बागलुङको १५ औ पदस्थापना, अध्यक्षमा गौतम चयन

bk logo final png
  • बागलुङ खबर
  • १८ श्रावण २०८२, शनिबार ०८:४७
रोट्रयाक्ट क्लव अफ बागलुङको १५ औ पदस्थापना कार्यक्रम

बागलुङ १७ साउन । सामाजिक कार्य तथा युवाहरुको नेतृत्व बिकासमा सक्रिय भूमिका निर्वाह गर्दै आएको रोट्रयाक्ट क्लव अफ बागलुङको १५ औँ पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । क्लवले १५ औ अध्यक्षको रुपमा सुनिल गौतमलाई पाएको छ ।

रोटा वर्ष २०२५|०२६ का लागि अध्यक्षमा चयन भएका गौतमलाई रोटा वर्ष २०२४|०२५ का अध्यक्ष सौरव केसीले पदभार हस्तान्तरण गरेका छन् । १५ औ पदस्थापना समारोहमा गौतम लगायत अन्य पदाधिकारीहरुले पनि पदभार ग्रहण गरेका हुन् ।

कार्यक्रमको उद्घाटन रोटरी डिस्ट्रिक ३२९२ नेपाल अन्तर्गत जोन २१ का असिस्टेन्ट गर्भनर भवनराज बरालले गरेका थिए । उद्घाटन समारोहमा बोल्दै बरालले रोट्रयाक्ट क्लवले रोटरीले निर्धारण गरेका लक्ष्य र कार्यलाई पूरा गर्न सहयोगी भूमिका निर्वाह गरेको बताए । उनले क्लवले सामाजिक कार्यसंगै विभिन्न रचनात्मक तथा युवाहरुको क्षमता बिकासको क्षेत्रमा काम गरेर समाजमा छुट्टै पहिचान पनि बनाएको जनाए ।

कार्यक्रममा रोटरी क्लव अफ बागलुङका अध्यक्ष नारायणप्रसाद गौतम, रोट्रयाक्ट क्लव जोन १६ का जेडआरआर श्रीनाथ बाग्ले, रोट्रयाक्ट क्लव अफ गल्कोटका अध्यक्ष नविन सुवेदी, पत्रकार महासंघका सदस्य संगम घर्ती मगर लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

अध्यक्ष गौतमले स्विकारोक्तिसहित प्रतिबद्धता मन्तव्य व्यक्त गरेका थिए । अध्यक्ष गौतमको बारेमा क्लवका पूर्व अध्यक्ष ताराप्रसाद शर्माले जानकारी गराएका थिए । कार्यक्रममा रोटा वर्ष २०२४|२५ का अध्यक्ष सौरव केसीले आफ्नो कार्यकाल सफल पार्न सहयोग गर्नेहरुलाई धन्यवादसहित सम्मान गरेका थिए ।

कार्यक्रम रोटा वर्ष २०२४|२५ का अध्यक्ष सौरव केसीको अध्यक्षता, उपाध्यक्ष किशोर सापकोटाको स्वागत, सचिव मनोज गौतम र कोषाध्यक्ष अस्मित कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

‘घरघर र विद्यालयमा उद्यम फैलाऊँ, गरिबीलाई शुन्य बनाऊँ’

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

भर्खरै

लुप्राङमा अङ्गुरखेतीको परीक्षण सफल

बागलुङ जिप दुर्घटमा अपडेट :पाँच जना घाईते

पत्रकार गौतममाथि पालिका अध्यक्षको धम्कीप्रती महासंघको ध्यानाकर्षण

पूर्ण अपाङ्गताको जीवन बिताउँदै आएकी सुनिताले पाईन नागरिकता

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki