Skip to content

follow us

baglungkhabar.tv

11th August 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बाल संगठनको सभापतिमा शर्मा सर्वसम्मत चयन

bk logo final png
  • बागलुङखबर
  • १५ श्रावण २०८२, बुधबार १२:२६

बागलुङ, १४ साउन । नेपाल बाल संगठनको प्रथम अधिवेशनबाट तारा शर्मा सभापतिमा चयन भएका छन् ।

मंगलबार भएको अधिवेशनबाट शर्मा नेतृत्वमा ७ सदस्य सर्वसम्मत चयन भएका हुन् । त्यस्तै संगठनको उपाध्यक्षमा रेणु केसी हमाल, उपसभापतिमा चुडामणी उपाध्याय र सचिवमा योगेश अधिकारी चयन भएका छन् ।

सदस्यहरुमा भोजराज पौडेल, विष्णु वि.क., सृष्टी क्षेत्री र करमती पुन मगर चयन भएका छन् । भेलाले सबै सदस्य चयन गरेकोमा तत्कालै बसेको बैठकले पदाधिकारी पनि चयन गरेको हो । निर्वाचन अधिकृत अधिवक्ता राम शर्माले ८ सदस्य रहेको समिति घोषणा गर्नुभएको हो । मंगलबारै भएको समितिको बैठकले पदाधिकारी पनि चयन गरेको सभापति तारा शर्माले जानकारी दिए । यसअघि शर्माकै अध्यक्षतामा तदर्थ समिति बनेको थियो । समितिलाई अधिवेसन गराउने अधिकार दिएपछि मंगलबार जिल्ला भेला भएको हो ।

भेलाको उद्घाटन गर्दै नेपाल बाल संगठन केन्द्रीय समितिकी अध्यक्ष विद्या उपाध्याय न्यौपानेले बालबालिकाले अधिकार प्राप्त गर्न सबै एक हुन आवश्यक रहेको बताए । बालबालिकाको अवस्था दयनीय रहेकोले उनीहरुको हितमा निश्वार्थ काम गर्ने संस्थाको रुपमा बाल संगठनलाई विकास गर्नुपर्ने कुरामा न्यौपानेले जोड दिइका थिए । बालबालिकालाई सुरक्षा गर्ने, उद्दार गर्ने काममा राज्यको दायित्व हुनुपर्नेमा अहिले सामाजिक संस्थाले गरिरहेको छ । राज्यलाई उत्तरदायी बनाउने काममा पनि संगठनले भूमिका खेल्ने उनको भनाई रहेको थियो ।

२०१८ सालमा नेपाल बाल संगठन स्थापना भएको थियो । संगठनले स्थापना कालदेखि नै हरेक जिल्लामा बाल मन्दिर सञ्चालन गर्ने, बालबालिकाको हितमा काम गर्ने, सडक र अन्य श्रमिक वा जोखिम क्षेत्रका बालबालिकाको उद्दार गरी पढाउने काममा पनि लाग्दै आएको हो ।

कार्यक्रममा बागलुङ नगरपालिका वडा नं. २ का अध्यक्ष सुरज बोसेल, भीमापोखरा युवा क्लबका अध्यक्ष तोया गौतम, धौलागिरि बहुमुखी क्याम्पस स्ववियू अध्यक्ष आस्मिन शेख, नेपाल पत्रकार महासंघ, बागलुङकी उपाध्यक्ष सिर्जना पन्त समेतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम तारा गौतमको अध्यक्षता, विज्ञान शर्माको स्वागत र चुडामणी उपाध्यायको सञ्चालन सम्पन्न भएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

बागलुङमा भोलिपनि ग्यास वितरण गरिने

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

विपद् उद्धार सामग्री हस्तान्तरण

बागलुङमा भोलिपनि ग्यास वितरण गरिने

मालढुङ्गाको पुल जोखिममा

बागलुङमा डेङ्गीका विरुद्ध खोज र नष्ट अभियान

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki