Skip to content

follow us

baglungkhabar.tv

26th August 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

श्रेष्ठको स्मृति दिवसको अवसरमा बागलुङमा वृत्तचित्र प्रदर्शन

bk logo final png
  • बागलुङखबर
  • ८ श्रावण २०८२, बुधबार १५:४८

बागलुङ, ७ साउन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवसको अवसरमा बागलुङमा वृत्तचित्र प्रर्दशन गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागलुङले श्रेष्ठको स्मृति दिवसमा बुधबार जीवनी र कम्युनिष्ट पार्टीको स्थापना सम्बन्धी नेकपा एमालेले १० औं महाधिवेशनमा र विभिन्न सञ्चार माध्यमले निर्माण गरेका वृत्तचित्र प्रदर्शनी गरेको हो । वृत्तचित्रमा पुष्पलालको राजनीतिक जीवन, विचार, योगदान तथा नेपाली कम्युनिष्ट आन्दोलनमा उहाँको ऐतिहासिक भूमिका उजागर गरिएको थियो । जसले सहभागीहरुलाई उहाँको दर्शन र संघर्ष सम्झाउने काम गरेको छ ।

नेकपा एमाले बागलुङका सचिव गणेश थापाले नेपाली कम्युनिष्टहरूले पुष्पलालले देखाएको मार्ग अनुसरण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । ‘पुष्पलालले जनताको जीवन परिवर्तन हुनुपर्छ भनेर सुरू गर्नुभएको आन्दोलन आजको सन्दर्भमा अझ सान्दर्भिक छ,’ उहाँले भन्नुभयो,‘अब मूल्याङ्कन गरिनुपर्छ, आम नागरिकको जीवन साँच्चै परिवर्तन भयो त ?’

सचिव थापाले वर्तमानमा विभाजित कम्युनिष्ट शक्तिहरूबीच एकता आवश्यक रहेको धारणा पनि राख्नुभयो । थापाले कम्युनिष्ट आन्दोलनको उद्देश्य र वर्तमान चुनौतीका बीच पार्टीहरूबीच एकता अपरिहार्य रहेको धारणा पनि राख्नुभयो ।

वि.सं. १९८१ असार १५ गते रामेछाप जिल्लामा जन्मिनुभएको पुष्पलालको नेतृत्वमा नेपालमा वि.सं. २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरिएको थियो । पुष्पलालले श्रमिक वर्गको हित सुनिश्चित गर्नु र सामाजिक न्यायसहितको समावेशी समाज निर्माण गर्ने उद्देश्यले कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको थियो ।

राजनीतिक जीवनभर जनताको पक्षमा क्रान्तिकारी विचार बोकेर अगाडि बढ्नुभएका पुष्पलालको निधन वि.सं. २०३५ साल साउन ७ गते भारतमा उपचारका क्रममा भएको थियो । पुष्पलालले नै कार्लमाक्र्स र फेडरिक एङ्गेल्सद्वारा लिखित ‘कम्युनिष्ट मेनिफेस्टो’ (कम्युनिस्ट पार्टीको घोषणापत्र, सन् १८४८)को पहिलोपटक नेपाली भाषामा अनुवाद गर्नुभएको थियो ।

वृत्तचित्र प्रदर्शन कार्यक्रम नेकपा एमाले बागलुङका सचिव गणेश थापाको अध्यक्षता र उपसचिव धनबहादुर परियारको संचालनमा सम्पन्न भएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

दुग्ध उत्पादक सहकारी संघ लिमिटेड बागलुङको गत आव १० करोड बढीको कारोबार

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन गण्डकीले साताव्यापी कार्यक्रम गर्नेे

भर्खरै

बागलुङमा जेसिज सप्ताह सुरु

बागलुङ डेंगु संक्रमण बढ्दो , ६ सय ४६ जनामा डेंगु संक्रमण पुष्टि

कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सकियो

बागलुङमा रासायनिक मल ओसारपोसार र बिक्री गर्ने तीन जना पक्राउ

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki