Skip to content

follow us

baglungkhabar.tv

25th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस बागलुङद्वारा वृक्षारोपण

bk logo final png
  • बागलुङखबर
  • ८ श्रावण २०८२, बुधबार ०८:२०

बागलुङ, ७ साउन । नेपाली काँग्रेसका संस्थापक नेता एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको ४३औँ स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस बागलुङले मंगलबार वृक्षारोपण गरेको छ ।

बागलुङ नगरपालिका–९ तित्याङ्को शिवालय मन्दिर परिसरमा धार्मिक महत्व बोकेका, बर, पिपल, स्वामी, धुपी, रुद्राक्ष, बेलपत्र लगायतका विरुवाहरु रोपिएको नेपाली काँग्रेस बागलुङका सचिव हरिहर शर्माले जानकारी दिए ।

वृक्षारोपण कार्यक्रम शुभारम्भ गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेश सभा सदस्य चम्पादेवी खड्काले विपिले देखाएको त्याग र निष्ठाको मार्गलाई नेता कार्यकर्ता सबैले अवलम्बन गर्न सके काँग्रेसलाई कसैले पछि पार्न नसक्ने बनाईन । उनले विपिले प्रतिपादन गरेका सिद्धान्तलाई सबैले आत्मसाथ गर्नुपर्नेमा जोड दिईन ।

‘पछिल्ला दिनहरुमा काँग्रेस भित्र नै केही आन्तरिक असहमतीहरु देखिएका छन, यसलाई छलफल गरेर समाधानको बाटो खोज्न जरुरी रहेको छ,’ खड्काले भनिन्,“पार्टी भित्र सबै नेता कार्यकर्ता समीक्षा गरेर पार्टीलाई एक गराएर अगाडि बढाउनुपर्छ । अहिले नै हामी सुध्रिएर अगाडि बढ्न सकेनौ भने आउँदा दिनहरुमा पार्टी संगठनमा सङ्कट पैदा पनि हुन सक्छ ।” खड्काले पार्टीका संस्थापक स्वर्गीय नेता विपि कोइराला राजनीति मात्र नभएर नेपाली साहित्यका एक अथक यौद्धा भएको बताईन ।

नेपाली काँग्रेस बागलुङका पूर्वसभापति एवम् संविधान सभा सदस्य प्रकाश शर्मा पौडेल, पूर्व सभापति एवम् गण्डकी प्रदेश सभा सदस्य दिपेन्द्रबहादुर थापा, महासमिती सदस्य जगदिशचन्द्र उपाध्याय, काँग्रेस गण्डकी प्रदेश सदस्य पार्वती आचार्य, शकुन्तला शर्मा, कल्पना हमाल पाठक, काँग्रेस बागलुङ जिल्ला कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरु, विभिन्न भातृ संस्थाका प्रमुख एवम् प्रतिनिधि, जनप्रतिनिधि, लगायतका नेताहरुले वृक्षारोपणमा सरिक भएका थिए । उनीहरुले हरेक वर्ष विरुवा रोपिएको र यसको संरक्षणमा पनि पार्टीले ध्यान दिनुपर्ने बताएका थिए ।

कार्यक्रम नेपाली काँग्रेस बागलुङका सभापति जीतबहादुर शेरचनको अध्यक्षता, क्षेत्र नं. १ का क्षेत्रीय सभापति चण्डीप्रसाद शर्मा पौडेलको स्वागत र सचिव हरिहर शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

सभामुखमा अर्याल निर्विरोध निर्वाचित

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

भर्खरै

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

जैमिनी नगरपालिकाकाे आर्थिक वर्ष २०८३/८४ का लागि ७६ करोड बजेट

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki