Skip to content

follow us

baglungkhabar.tv

20th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङमा ‘एनएचएनबि’ ब्राण्डको शाखा विस्तार

bk logo final png
  • BAGLUNGKHABAR
  • २० असार २०८२, शुक्रबार ०९:१८

बागलुङ, १९ असार । पुरुषहरुका तयारी पोशाकमा चर्चित नेपाली ब्राण्ड ‘एनएचएनबि’ (एन हम्बल न्यू बिगिनिङ्ग)ले बागलुङमा शाखा विस्तार गरेको छ । बिहिबार उद्योग बाणिज्य संघ बागलुङका अध्यक्ष राजनकुमार शाक्यले बागलुङको क्लासिक कलेक्शनमा उक्त ब्रान्डको शुभारम्भ गर्नुभयो ।

अमेरिकाबाट फर्केर ब्राण्डको सुरुवात गरेका आकाश श्रेष्ठले चौथो शाखा बागलुङमा सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । उहाँले स्वदेशमै केही गर्नुपर्छ भनेर ब्राण्ड सञ्चालनमा ल्याएको बताउँदै देशमा कोशिष गरिरहेको बताउनुभयो । उहाँले बागलुङमा क्लासिक क्लेक्सनसँग जोडिएर ब्राण्डको शाखा विस्तार गरिएको बताउनुभयो ।

उद्घाटन कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष राजनकुमार शाक्यले विदेशिएका युवाहरु स्वदेशमा फर्केर नेपाली ब्राण्डको रुपमा व्यवसायमा आउनुले देशको अर्थतन्त्रमा सहयोग पुग्ने बताउनुभयो ।

क्लासिक कलेक्सनका सञ्चालक तथा एनएचएनबि ब्रान्डका बागलुङमा विक्रेता इश्वर खत्रीले विगत १० वर्षदेखि व्यवसाय गर्दै आएको बताउनुभयो । ‘केही वर्ष बैदेशिक रोजगारीमा विदेशमा रहेपनि आफ्नै देशमा केही गर्नुपर्छ भनेर विगत १० वर्षदेखि बागलुङ बजारमा व्यवसाय संचालन गरिरहेको छौं,’ खत्रीले भन्नुभयो,‘अहिले ब्राण्डसँग जोडिएर व्यवसायलाई थप व्यवस्थित गरेका छौं ।’

महिलाहरुका तयारी पोशाक विक्री गर्दै आएको क्लासिक कलेक्सनले एनएचएनबि ब्राण्डमा उत्पादिन पुरुषहरुका तयारी पोशाकहरु समेत विक्रीमा ल्याएको हो । ४० लाखको लगानीमा व्यवसाय सञ्चालन गरिरहेको सञ्चालक खत्रीले जानकारी दिनुभयो ।

विश्व बजारमा पछिल्लो समय आएका फेसनको ट्रेन्डलाई ध्यानमा राखेर पोशाक उत्पादन गरिरहेको कम्पनीले जनाएको छ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

१६ वर्षपछि स्पेन विश्वकपको सेमिफाइनलमा प्रवेश

लोकप्रिय

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

बागलुङमा गोरु काटिरहेको अवस्थामा १० जना पक्राउ

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

भर्खरै
Accident

बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना

सुवेदीद्वारा अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग

‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki