Skip to content

follow us

baglungkhabar.tv

27th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

नेपालमा ११.६ प्रतिशत मात्रै बेरोजगार, अझै घटाउन सरकार प्रयत्नशील छ : श्रम मन्त्री

bk logo final png
  • बागलुङ खबर
  • ११ असार २०८२, बुधबार ०८:४३

काठमाडौं, ११ असार। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री सरतसिंह भण्डारीले रोजगारीका लागि गएका नेपाली श्रमिकलाई गन्तव्य मुलुकले न्यूनतम मानवअधिकार सुनिश्चितता गर्नुपर्ने बताएका छन ।

मङ्गलवार प्रतिनिधिसभामा विनियोजन विधेयक २०८२ माथि उठेका प्रश्नको उत्तर दिदैं मन्त्री भण्डारीले नेपाली श्रमिकको न्यूनतम मानवअधिकार सुनिश्चितता नेपालको सर्त नभई अडान भएको बताएका हुन ।

‘गन्तव्य मुलुकको विकासको लागि रगत पसिना बगाउने नेपाली श्रमिकलाई विकासको सारथीको रुपमा सम्मानको रुपमा हेरिनु पर्दछ – हेर्ने बृहत दृष्टिकोणमा परिमार्जन हुनु पर्दछ,’ उनले भने ।

मन्त्री भण्डारीले नेपाली श्रमिक विदेशी भूमिमा रहदाको अवस्थामा श्रमिकको बीमा चौविसै घण्टा कायम गराउन मन्त्तालयले थप पहलकदमी लिएको जानकारी गराए ।

श्रम र रोजगारीको विषय मुलुकको अर्थतन्त्रको विकास र समृद्धिसँग प्रत्यक्ष जोडिएको बहुआयामिक विषय हो । हाल मुलुकमा कूल जनसङख्याको करिब  ११.६ प्रतिशत जनसंख्या बेरोजगार रहेको उनले बताए ।

जनसङख्याको ठूलो हिस्सा बेरोजगारीको अवस्थामा रहेको हालको परिप्रेक्ष्यमा तदनुरुपको रोजगारी मुलुकभित्रै सिर्जना गर्न थप चुनौती र चिन्ताको विषय बनेको जिकिर गर्दै नेपालभित्रै रोजगारीको उपयुक्त अवसर नहुनु र भएका केही रोजगारीमा समेत सीप र ज्ञानको अभावमा विदेशी नागरिकहरु संलग्न रहेको अवस्था चिन्ताको बिषय भएको उनले बताए ।

‘रोजगारी सृजना गर्ने अभियानलाई नयाँ र प्रभावकारी तवरले कार्य गर्न आन्तरिक रोजगार प्रवद्र्धन कार्यक्रम पनि सञ्चालन गर्न लागिएको छ’ उनले भने,  ‘समृद्ध नेपाल सुखी नेपाली र दिगो विकासको लक्ष्य प्राप्ति तथा मुलुकलाई अल्पविकसित मुलुकबाट स्तरोन्नति गर्न समेत यो अभियान महत्वपूर्ण र सान्दर्भिक छ।’

मन्त्री भण्डारीले सीप र दक्षता कमीका कारनण कुनै पनि नेपाली नेपालको रोजगारीमा संलग्न हुनबाट वञ्चित नहोस भनेरे सीप विकासलाई उच्च महत्व दिएको जानकारी गराए । मुलुकको मानव संसाधनको विकास गरी दक्ष र सीपयुक्त जनशक्तिलाई नेपालको रोजगारीमा संलग्न गराउन मन्त्रालय प्रयत्नशील रहेको उनको भनाइ छ ।

उनले मन्त्रालय मातहत रहेको राष्ट्रिय व्यावसायीक प्रशिक्षण प्रतिष्ठानलाई सेन्टर अफ एक्सिलेन्सको रुपमा विकास गरी सीपयुक्त नेपाली उत्पादनका लागि आगामी वर्षको बजेट तथा कार्यक्रमले ल्याएको जानकारी गराए । नेपालको बेरोजगारीको समस्या न्यूनीकरण गर्न श्रम बजारको माग अनुरुपको सीप तथा दक्षता विकास गर्न आवश्यक छ । दक्ष श्रमिक उत्पादन गरी रोजगारीमा पदस्थापना गर्ने कार्यको लागि प्रतिष्ठानले विभिन्न १२ वटा रोजगारदाता र तालिम प्रदायक निकायसंग समझदारी गरी सकेको छ ।

श्रम बजारको आवश्यकता र तालिमका विषयबस्तुको बिचको खाडल कम गर्दै आगामी आर्थिक वर्षमा मागमा आधारित तालिम सञ्चालन गर्ने गरी आगामी वर्षको कार्यक्रम तर्जूमा गरिएको छ, उनले बताए ।

Share

प्रतिक्रिया

थप समाचारहरु

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

१६ वर्षपछि स्पेन विश्वकपको सेमिफाइनलमा प्रवेश

लोकप्रिय

पत्रकार गौतममाथि पालिका अध्यक्षको धम्कीप्रती महासंघको ध्यानाकर्षण

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

भर्खरै

करेन्ट लागेर भएका घाइतलाई गण्डकी अस्पताल रिफर

बागलुङमा करेन्ट लागेर एक जना घाईते

आईफोन पचाउन साथीको हत्या

अर्मादीमा सवारी दुर्घटना दुईजना घाईते

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki