Skip to content

follow us

baglungkhabar.tv

14th September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङमा उद्योग बन्द हुने सङ्ख्या बढ्दो

bk logo final png
  • BAGLUNGKHABAR
  • ९ असार २०८२, सोमबार ०८:२४

सुजन रेग्मी
बागलुङ, ९ असार । बागलुङमा सय भन्दा बढि उद्योग तथा फर्म खारेज भएका छन् ।

पर्यटन तथा उद्योग कार्यालय बागलुङका प्रमुख पारसिङ्ग थापाका अनुसार चालु आर्थिक वर्ष २०८१ र ८२ को असार पहिलो हप्तासम्म उद्योगतर्फ ४८ वटा र वाणिज्यतर्फ ७० वटा उद्योग तथा फर्म खारेज भएका हुन् ।

‘पछिल्लो समय उद्योग खारेजी गर्नेको सङ्ख्यामा वृद्धि हुँदै आएको छ’ प्रमुख थापाले भन्नुभयो, ‘चालु आर्थिक वर्षको ११ महिनामा उत्पादनमूलक, कृषि तथा वन्यजन्तु, पर्यटनमूलक, सेवामूलक लगायत उद्योगतर्फ ४८ र वाणिज्यतर्फ प्राइभेट र साझेदारी फर्म ७० गरी एकसय १८ उद्योग तथा फर्महरु खारेज भएका छन् ।’

लगतकट्टा (खारेज) का साथै नयाँ उद्योग तथा फर्महरु दर्ता पनि हुँदै आएको पर्यटन तथा उद्योग कार्यालय बागलुङले जनाएको छ । प्रमुख थापाले चालु आर्थिक वर्षमा विभिन्न प्रकृतिका नयाँ उद्योग ३७ वटा र वाणिज्यतर्फ ६१ नयाँ फर्म दर्ता भएको बताउनुभयो । उहाँले चालु आवमा चारसय ( उद्योग र वाणिज्यतर्फ छ सय १० फर्म नवीकरण भएको बताउनुभयो ।

वैदेशिक रोजगारी र निश्चित प्रयोजन र अनुदान प्राप्तका लागि उद्योग खोल्ने कारणले खारेजी हुने उद्योगको सङ्ख्या बढ्दो रहेको प्रमुख थापाको भनाइ छ । ‘वैदेशिक रोजगारीका लागि देश छाड्नेको सङ्ख्या बढेकाले उद्योग बन्द हुने सङ्ख्या बढ्दो छ’ उहाँले भन्नुभयो, ‘पछिल्लो समय व्यापारमा गिरावट र गर्न नसकेर उद्योग तथा फर्म बन्द गर्नुपरेको उद्योगी व्यापारीहरूले गुनासो गर्नुहुन्छ ।’

निश्चित प्रयोजनका लागि र अनुदान प्राप्त गर्नका लागि उद्योग तथा फर्म खोल्ने गरेकोले बन्द हुने अवस्था आएको प्रमुख थापाले बताउनुभयो । ‘सरकारले उद्योग तथा फर्महरुलाई विभिन्न अनुदान प्रदान गरेको छ । ‘संघ, प्रदेश र स्थानीय सरकारले पनि अनुदान दिँदै आएका छन ।’ उहाँले भन्नुभयो, ‘अनुदान प्राप्त गर्नका लागि खोल्ने र पछि बन्द गर्ने अवस्था आउने गरेको देखिन्छ ।’

कार्यालयले उद्योग दर्ता, नवीकरण र खारेजी गरेर चालु आर्थिक वर्षको ११ महिनामा ३४ लाख २० हजार एकसय २५ रुपियाँ राजस्व सङ्कलन गरेको छ । बागलुङमा चालु आर्थिक वर्षमा एक वटा पर्यटक स्तरीय होटलसमेत दर्ता भएको पर्यटन तथा उद्योग कार्यालय बागलुङका प्रमुख थापाले बताउनुभयो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

करेन्ट लागेर भएका घाइतेलाई गण्डकी अस्पताल रिफर

सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाउन जिप्रका बागलुङको स्थानीय तहलाई निर्देशन

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

गायक प्रकाश दुतराजको ‘नयाँ अभ्यास’ भदौ २७ गते हुने

बेनीमा बृद्धाको धारिलो हतियार प्रयोग गरी हत्या

हरेलो मेलाको आयव्यय सार्वजनिक , ७ लाख ५८ हजार १२३ रुपैयाँ आम्दानी

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki