Skip to content

follow us

baglungkhabar.tv

11th August 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

नेदरल्याण्ड्समाथि नेपालको सानदार जित

bk logo final png
  • बागलुङखबर
  • ५ असार २०८२, बिहीबार २३:१९

काठमाडौं, ५ असार । स्कटल्याण्डमा जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेदरल्याण्ड्सलाई नेपालले पराजित गरेको छ ।

बिहिबार स्कटल्याण्डमा सम्पन्न खेलमा नेपाल ६ विकेटले विजयी भएको हो । १ सय ७५ रनको विजयी लक्ष्य नेपालले १९.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ५१ बलमा ६ चौकाको सहयोगमा सर्वाधिक ६५ रनको अर्धशतकीय पारी खेले । यसका साथै कुशलले टि ट्वान्टी आई करियरको ११औं अर्धशतक पूरा गरेका हुन् । उनले ३८ बलमा अर्धशतक पूरा गरेका थिए ।

नेपालका अर्का ओपनर आसिफ शेखले कुशलसँग पहिलो विकेटका लागि २२ रनको साझेदारी गर्दै ६ बलमा ७ रनका साथ आउट भए । दोस्रो विकेटका लागि कुशलले भीम सार्कीसँग मिलेर ५४ रनको साझेदारी गरे ।

भीम १६ बलमा २ चौका र १ छक्काको सहयोगमा २७ रनमा आउट भए । भीमको यो टि ट्वान्टी आई डेब्यु खेल रहेको थियो । नेपालका लागि टि ट्वान्टी आईमा प्रतिनिधित्व गर्ने भीम ५२औं खेलाडी हुन् । भीमलाई नेपाली टिमका उपकप्तान दीपेन्द्रसिंह ऐरीले डेब्यु क्याप हस्तान्तरण गरेका थिए ।

तेस्रो विकेटका लागि कप्तान रोहितकुमार पौडेलले कुशलसँग खास साझेदारी गर्न सकेनन् । कप्तान रोहित ७ बलमा ५ रनमा आउट भए । चौथो विकेटका लागि भने आरिफ शेखसँग कुशलले सानदार साझेदारी गरे । उनीहरुले २७ बलमा ४४ रनको साझेदारी गरे । आरिफ २३ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३९ रनमा रिटार्यट हर्ट भए ।

पाँचौ विकेटका लागि आरिफसँग उपकप्तान दीपेन्द्रसिंह ऐरीले २० बलमा २७ रनको साझेदारी गरे । दीपेन्द्र १२ बलमा १६ रनमा अविजित रहे । लोकस बम ४ बलमा १२ रनमा अविजित रहे । लोकेसले छक्का प्रहार गर्दै नेपाललाई जित दिलाएका थिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७४ रनको मध्यम योगफल तयार गर्यो ।

नेदरल्याण्ड्सका लागि ओपनर माइकल लेविटले ५३ बलमा ६ चौका र ५ छक्काको सहयोगमा सर्वाधिक ८६ रनको अर्धशतकीय इनिङ खेले । शतक बनाउँन १४ रनले चुकेका लेविट करण केसीको बलमा कप्तान रोहित पौडेलबाट क्याच हुन पुगे ।

पाँचौ विकेटका लागि लेविटले सकिव जुल्फिकरसँग मिलेर ३३ बलमा ६३ रनको अर्धशतकी साझेदारी गरे । दुईबीचको महत्वपूर्ण साझेदारी सन्दीप लामिछानेले तोडेका थिए । सन्दीपले जुल्फिकरलाई ११ बलमा १४ रनमा आउट गर्दै साझेदारी तोडेका थिए ।

रोइलेफ भान डर मिर्वो २१ बलमा ३६ तथा आर्यान दत्त १८ बलमा १७ रन बनाउँदै नट आउट रहे । नेदरल्याण्ड्सका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि करण केसीले २ तथा सन्दीप, रुपेस सिंह, ललितनारायण राजवंशी, दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए ।

जितसँगै ३ खेलमा २ मा जित र १ मा हार बेहोरेको नेपाल ४ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । उता सिरिजको अन्तिम खेल खेलेको नेदरल्याण्ड्स ४ अंकका साथ तालिकाको दोस्रो स्थानमा खस्किएको छ । स्कटल्याण्ड तेस्रो स्थानमा छ।

नेपालले सिरिजको अन्तिम खेलमा शुक्रबार स्कटल्याण्डसँग खेल्नेछ । डबल राउण्ड रोबिन लिगपछि शीर्ष टोली च्याम्पियन बन्नेछ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

बागलुङमा भोलिपनि ग्यास वितरण गरिने

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

भर्खरै

विपद् उद्धार सामग्री हस्तान्तरण

बागलुङमा भोलिपनि ग्यास वितरण गरिने

मालढुङ्गाको पुल जोखिममा

बागलुङमा डेङ्गीका विरुद्ध खोज र नष्ट अभियान

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki