Skip to content

follow us

baglungkhabar.tv

21st September 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि नेपाललाई सामान्य लक्ष्य

bk logo final png
  • बागलुङखबर
  • ३ असार २०८२, मंगलवार २१:३०

काठमाडौं, ३ असार । नेपालले स्कटल्याण्डमा जारी त्रिकोणात्मक टि२०आई सिरिजको तेस्रो खेलमा घरेलु टोलीबाट ९८ रनको सामान्य लक्ष्य प्राप्त गरेको छ ।

नेपालका लागि बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि स्कटल्याण्ड १९.४ ओभरमा मात्र ९७ रनमा अलआउट भएको हो । लेग स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा १ मेडनसहित ११ रन मात्र खर्चिए । सन्दीपले पावरप्लेमा अन्य बलरले गरेको बलिङ प्रदर्शनलाई सुखद अन्त्य गराएका थिए ।

स्कटल्याण्डका लागि माइकल लिस्कले सम्मानजनक योगफलसम्म पुर्याएका थिए । अन्तिम ओभरमा दीपेन्द्रबाट बोल्ड हुनुअघि लिस्कले ४६ बलमा ४४ रनको योगदान दिए ।

टस जितेर बलिङ गर्ने निर्णय लिएको नेपालले उत्कृष्ट सुरुवात गर्दै सुरुवाती ५ ओभरमै ५ विकेट लिएको थियो । पहिलो ओभरको अन्तिम बलमा दीपेन्द्रले बायाँ हाते ओपनर मार्क वाटलाई बोल्ड गरेका थिए ।

लगत्तै अर्को ओभरको तेस्रो बलमा जर्ज मुन्से करणको बलमा दीपेन्द्रबाट क्याच आउट भए । यो करण केसीको १ सयौं टि२०आई विकेट पनि थियो । लगत्तै अर्को बलमा लियाम नेलर लोकेश बमको थ्रोमा रनआउट भएपछि स्कटल्याण्ड १०।३ को अवस्थामा पुग्यो ।

चौथो ओबर्को चौथो बलमा करणले फिन्ले मक्रिथलाई पनि क्याच आउट गराए । पाँचौ ओभरमा ललित राजवंशीले ब्रेन्डन मक्मलेनको विकेट लिएपछि घरेलु टोली २४।५ को दयनीय अवस्थामा पुग्यो ।

पाँचौ विकेटका लागि माइकल लिस्क र कप्तान म्याट क्रसले संयमित ब्याटिङ गर्दै ३९ रनको साझेदारी गरे । तर १३ औं ओभरको दोस्रो बलमा सन्दीप लामिछानेले कप्तान क्रसलाई १५ रनमा बोल्ड गरे । लगत्तै क्रिस मक्ब्राइडलाई पहिलो बलमै बोल्ड गर्दै सन्दीपले लगातार विकेट लिए । उनले उक्त ओभरमा मेडन समेत राखे ।

स्कटल्याण्डको आठौं विकेट पनि सन्दीपकै नाममा रह्यो । उनले १७ औं ओभरमा सफियान सरिफलाई गुगली फ्याँक्दै एलबीडब्लु धरापमा परे । सरिफले १४ बलमा ६ रन बनाएका थिए । त्यसको २ बलपछि नै उनले ज्याक जार्भिसलाई बोल्दै गर्दै स्कटल्याण्डलाई ८१।९ को स्थितिमा पुर्याए ।

समग्रमा नेपालका लागि करण र दीपेन्द्रले २।२ तथा ललितले १ विकेट लिए ।

आज नेपाल सिरिजको पहिलो जितको खोजीमा छ । सोमबार भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

विद्यामन्दिर पुस्तकालयको ७७ औँ साधारणसभा सकियो

लुप्राङमा अङ्गुरखेतीको परीक्षण सफल

महायज्ञ सुरु हुनुपूर्व आश्रममा जनप्रतिनिधिदेखि दाताद्वारा सहयोग जारी

हिउँ चितुवा गणनाका लागि क्यामेरा जडान

भर्खरै

बागलुङमा डेङ्गीको सर्वेक्षण गर्दा बजारका ४७ प्रतिशत घरमा लामखुट्टेको लार्भा भेटियो

बागलुङका कैदीबन्दीको स्वास्थ्य परीक्षण

धौलागिरी प्रादेशिक अस्पतालमा डायलासिस सेवा विस्तार

बागलुङमा दुई हजार एक सय ८९ जना किशोरी एचपिभि खोप लगाइने 

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki