Skip to content

follow us

baglungkhabar.tv

6th June 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङ नगरपालिका र बागलुङ उद्योग वाणिज्य संघबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

bk logo final png
  • बागलुङखबर
  • ३ असार २०८२, मंगलवार २१:२३

सुजन रेग्मी
बागलुङ ३ असार । बागलुङ नगरपालिका र बागलुङ उद्योग वाणिज्य संघबिच आगामी आर्थिक वर्ष २०८२।०८३ को नीति तथा कार्यक्रम बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

हालसालै सम्पन्न नीजि क्षेत्रको छाता संगठन उद्योग वाणिज्य संघको ६१औँ साधारण सभा तथा १९औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी सदस्यलाई वधाई तथा शुभकामनासँगै नीति तथा कार्यक्रमका बारेमा छलफल गरिएको हो ।

सो अवसरमा उद्योगी व्यवसायीहरुले नगरमा करको दायरा फराकिलो बनाउन र दर घटाउन आग्रह गर्दै व्यवसायीको सरक्षण गर्न निति तथा कार्यक्रम र बजेट निर्माणका लागि सुझाव दिएका थिए ।

सो अववरमा बोल्दै बागलुङ नगपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले नीजि क्षेत्र आर्थिक क्षेत्रको समृद्धिको आधार स्तम्भ भएकोले नगरपालिका उद्योगी व्यवसायीहरुको साथमा रहेको बताउनुभयो ।

नीजि क्षेत्रको समस्या आफुले नजिकबाट नियालेको भन्दै व्यवसायी मैत्री नीति तथा कार्यक्रमको लागि आफू प्रतिवद्ध रहेको बताउनुभयो ।

नगरपालिका र नीजि क्षेत्रको सहकार्यतालाई अगाडी बढाएर आर्थिक समद्धि हासिल गर्नु आवश्यक बताउनुभयो ।

उद्योग वाणिज्य संघ सँग सार्वजनिक निजी साझेदारी कार्यक्रम ९सानिसा० कार्यक्रम गर्न नगरपालिका तयार रहेको बातउनुभयो ।

उहाँले व्यवसायिक सुरक्षाको प्रत्याभुती दिलाउन नगरपालिका र उद्योग वाणिज्य संघको कार्यगत एकता आवश्यक रहेको समेत धारणा राख्नु भयो ।

बागलुङ व्यसायिक सम्भावना हुँदा हुदै पनि तरिका नमिल्दा व्यावसयिक फाइदा लिन नसकेकोले सकारात्मक धाराणा विकास गर्न आवश्यक रहेको नगर प्रमुख श्रेष्ठको भनाई छ।

नगर उपप्रमुख राजु खड्काले नगरपालिका समृद्ध बागलुङ नगरको परिकल्पनाका साथ आगाडी बढेकोले हरेक क्षेत्र र वर्गका नागरिकको सल्लाह सुझाव र साथ आवश्यक रहेको बताउनुभयो ।

सरोकारवाला र आम नागरिकको सुझावबाटै नगरपालिकाको कार्यक्रम र बजेट बनाउने योजना नगरपालिकाको रहेको बताउनुभयो ।

कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष राजन कुमार शाक्यले बजारमा काम गर्ने जनशक्ति नहुँदा उद्योग चलाउन विदेशी कामदार ल्याउनुपर्ने अवस्था रहेको भन्दै युवाहरुलाई गाउँमै उद्यमी बनाउने खालका कार्यक्रम ल्याउन आग्रह गर्नु भयो ।

नगरपालिका र संघ मिलेर नगरको पर्यटन उद्योग र रोजगारीको क्षेत्रमा काम गर्न अब ढिला गर्न नहुने शाक्यको भनाई थियो । शाक्यले आगामी नीति तथा कार्यक्रममा उद्योगी व्यवसायी मैत्री योजना ल्याउन आग्रह गर्नुभयो ।

कार्यक्रममा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ऋषिराम गौतम महासचिव इन्द्रमणी पौडेलले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रम नगरपालिकाका प्रशासन शाखा प्रमुख भिमसेन पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

लोकप्रिय

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने

“बागलुङमा आत्महत्या रोकथामको समस्या ठूलो छ, तर समाधान हामीसँगै छ ।” डा. के.सी.

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार

अझै केही दिन मौसाममा सुधार नहुने, वर्षा र बदली हुने

भर्खरै

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

मोडिफाइड बाइक नियन्त्रणमा लिँदै बागलुङ प्रहरी

बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki