Skip to content

follow us

baglungkhabar.tv

26th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

एसईई स्तरीय आदर्श कप : प्रतियोगितामा समूह चरणका खेल सकिए

bk logo final png
  • बागलुङखबर
  • १८ जेष्ठ २०८२, शनिबार २१:३४

बागलुङ, १७ जेठ । बागलुङमा जारी दोस्रो संस्करणको एसईई स्तरीय आदर्श कप छात्रछात्रा फुटबल प्रतियोगितामा समूह चरणका खेल सकिएका छन् ।

प्रतियोगिताको तेस्रो दिन शनिबार चार खेल सम्पन्न भएसँगै छात्र तर्फ समूह चरणका खेल सम्पन्न भए । शनिबार न्यू एभरेष्ट एकेडेमी ‘ए’, प्रिसियस एकेडेमी, सनराइज बोर्डिङ स्कुल र गुराँस विद्या सदनले जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

तेस्रो दिनको पहिलो खेलमा न्यू एभरेष्टले सिद्वार्थ शिक्षा सदनलाई ट्राइबेकरमा ३–२ ले पराजित गर्यो । न्यू एभरेष्टको जितमा पेनाल्टी सुटआउटमा सुसन बोहोरा, सक्षम बोहोरा र नवीन काफ्लले गोल गर्दा निकेश श्रेष्ठको प्रहार सिद्वार्थका गोलरक्षकले बचाउ गरे । सिद्वार्थका सचिन खत्री, एलेक्स थापा र प्रविन थापा गोल गर्न चुक्दा अमृत कार्की र रिजनले गोल गर्न सफल भए ।

यस्तै दोस्रो खेलमा प्रिसियसले आयोजक आदर्श विद्यामन्दिर ‘सेतो’लाई १–० गोलअन्तरले पराजित गर्यो । दोस्रो हाफको दोस्रो मिनेटमा प्रसिद्ध रिजालले गरेको गोल नै प्रिसियसको जितमा निर्णायक बन्यो ।

यस्तै तेस्रो खेलमा विद्यामन्दिर माध्यमिक विद्यालयलाई सनराइज बोर्डिङ स्कुलले ०–१ गोलअन्तरले पराजित गर्यो । खेलको २५ औं मिनेटमा प्राप्त फ्रिकिकमा सनराइजका निर्मल केसीले गरेको गोल जितमा निर्णायक बन्यो ।

शनिबार भएको चौथो खेलमा गुराँस विद्या सदनले होली चाइल्ड बोर्डिङमाथि फराकिलो जित निकाल्यो । एकतर्फी खेलमा गुराँसका सिर्जन शर्माले ह्याट्रिकसहित चार गोल गर्दा निलभ खड्काले दुई र आशिष तामाङले एक गोलको योगदान गरे । पहिलो हाफको छैठौं मिनेटमा गोल गर्दै खाता खोलेका सिर्जनले पहिलो हाफको २६ औं, दोस्रो हाफको १५ औं मिनेटमा गोल गर्दै प्रतियोगितामा पहिलो ह्याट्रिक गरे । दोस्रो हाफको २४ औं मिनेटमा सिर्जनले व्यक्तिगत चौथो गोल गरे । निलभले पहिलो हाफको १४ औं मिनेट र दोस्रो हाफको १६ औं मिनेटमा गोल गरेभने आशिकले पहिलो हाफको २० औं मिनेमा गोल गरे ।

चौथो दिन आइतबार सेमीफाइनल प्रवेशका लागि गरिमाले न्यू एभरेष्ट एकेडेमी ‘बी’, आदर्श विद्यामन्दिर ‘निलो’ले न्यू एभरेष्ट एकेडेमी ‘ए’, चिल्ड्रेन लाइफले प्रिसियस एकेडेमी र गुराँसले सनराइजको सामना गर्ने आयोजक आदर्श विद्यामन्दिर स्पोर्टस् क्लबका अध्यक्ष राजेश केसीले जानकारी दिए ।
प्रतियोगिताको छात्रातर्फ भने फाइनल प्रवेशका लागि सोमबार न्यू ओयसिसले रुद्रेपिपल मावि र आयोजक आदर्श विद्यामन्दिरले चिल्ड्रेन लाइफसँग प्रतिस्पर्धा गर्ने छन् ।

Share

प्रतिक्रिया

थप समाचारहरु

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

१६ वर्षपछि स्पेन विश्वकपको सेमिफाइनलमा प्रवेश

लोकप्रिय

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

भर्खरै

आईफोन पचाउन साथीको हत्या

अर्मादीमा सवारी दुर्घटना दुईजना घाईते

बागलुङमा दुई बालिका बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस् : अर्थमन्त्री वाग्ले

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki