Skip to content

follow us

baglungkhabar.tv

8th August 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

पञ्जाबलाई ८ विकेटले हराउँदै आरसिबी आइपिएलको फाइनलमा

bk logo final png
  • बागलुङखबर
  • १७ जेष्ठ २०८२, शुक्रबार ०७:१३

काठमाण्डौं, १६ जेठ । रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) इण्डियन प्रिमियर लिग आइपिएलको फाइनलमा पुगेको छ ।‌

पञ्जाब किंङ्सलाई ८ विकेटले हराउँदै आरसिबी फाइनलमा पुगेको हो । जितको लागि १ सय २ रनको लक्ष्य आरसिबीले १०. २ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।

ओपनर फि साल्ट अविजित ५६ रनमा रहे । उनले मात्र २७ बल खेल्दै ६ चौका र ३ छक्का प्रहार गरे । मयांक अग्रवालले १९ रन बनाए ।

कप्तान रजत पाटिदार अविजित १५ रनमा र विराट कोहलीले १२ रन बनाए । बलिङमा क्याल जेमिसन र मुसिर खानले समान १ विकेट लिए।

त्यसअघि न्यू चण्डिगढमा रहेको महाराज योद्धाभिन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको पहिलो क्वालिफायरमा आरसिबीले टस जित्यो।

पहिले पञ्जाबलाई ब्याटिङको लागि उतार्यो। पञ्जाबले निराशाजनक ब्याटिङ गर्यो। निर्धारित २० ओभरको खेलमा १४.१ ओभरमा सबै विकेट गुमाउँदै मात्र १ सय १ रनमा समेटियो ।

आरसिबीका बलर सामु कुनै पनि खेलाडी क्रिजमा टिक्न सकेनन्। न त साझेदारी बन्न सक्यो । न त कुनै एक खेलाडीले इनिङ्स नै सम्हाल्न सके। मार्कस स्टोनिसले सबैभन्दा बढी २६ रन तथा प्राभसिम्रन सिंह र अज्मतुल्लाह ओम्रजाइले समान १८ रन बटुले। यी तीन वाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन छुन सकेनन्। पञ्जाबले ११ रन एक्स्ट्रा पाएको थियो ।

बलिङमा सानदार प्रदर्शन गरेको आरसिबीको लागि सुयष शर्माले सबैभन्दा किफायती बलिङ गरे। उनले ३ ओभरमा १७ रन दिएर ३ विकेट लिए। यस्तै जोश हेजलउडले पनि ३ विकेट झारे। उनले ३ ओभर १ बलमा २१ रन खर्चेर ३ विकेट लिए। यश दयालले २ विकेट झारे।

पञ्जाबले फाइनल प्रवेशका लागि फेरि मौका पाउने छ । पञ्जाबले इलिमिनेटर खेलको विजयी टोलीसँग दोस्रो क्वालिफायर खेल्नेछ।

शुक्रबार हुने इलिमिनेटर खेलमा गुजरात टाइटन्सले मुम्बई इण्डियन्सको सामना गर्नेछ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

लोकप्रिय

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

बागलुङ जिप दुर्घटमा अपडेट :पाँच जना घाईते

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

युद्ध अन्त्यको लागि अमेरिका र इरान सहमति नजिक

भर्खरै

बिआइसिटिइमा धवलागिरि क्याम्पसका विद्यार्थीको उत्कृष्ट नतिजा

पत्रकार महासङ्घ बागलुङका पूर्व अध्यक्षलाई मातृशोक

रातिको समयमा बढी मूल्यमा ग्याँस बिक्री गर्दै गरेको पिकअप भ्यान नियन्त्रणमा

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki