Skip to content

follow us

baglungkhabar.tv

26th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

एसईई स्तरीय आदर्श कप : गरिमा र न्यू ओयसिसको विजयी सुरुवात

bk logo final png
  • बागलुङखबर
  • १७ जेष्ठ २०८२, शुक्रबार ०७:०१

बागलुङ, १६ जेठ । बागलुङमा दोस्रो संस्करणको एसईई स्तरीय आदर्श कप पुरुष तथा महिला फुटबल प्रतियोगितामा गरिमा र न्यू ओयसिसले विजयी सुरुवात गरेका छन् ।

प्रतियोगिताको छात्र तर्फ गरिमा आवासिय माध्यमिक विद्यालयले विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा गरिमाले फ्युचर ब्राइटर माध्यमिक विद्यालयलाई पराजित गर्यो ।

खेलको १८ औं मिनेटमा फ्युचरका निशान कार्कीले गोल गर्दै अग्रता दिलाएपनि गरिमाका अप्सन केसीले दोस्रो हाफको १० औं मिनेटमा गोल गर्दै खेल बराबरी गरेका थिए । निर्धारित समय १–१ गोलको बराबरीमा भएपछि खेल पेनाल्टी सुट आउटमा धकेलिएको थियो ।

पेनाल्टीमा गरिमाले फ्युचरलाई ४–३ गोलअन्तरले पराजित गर्यो । पेनाल्टीमा गरिमाको लागि अप्सन गौतम, गगन थापा, प्रिन्स कुँवर र चिराग रोकाले गोल गर्दा सविन थापाको प्रहार बाहिरिएको थियो । फ्युचरको लागि निशान कार्की, भोज बहादुर नेपाली, आशिष सुनारले गोल गरे । फ्युचरका आयुश कुँवरको प्रहार बाहिरियो भने अरुण भण्डारीको प्रहार गरिमाका गोलरक्षक दिप घर्तीले रोकेका थिए ।

यस्तै छात्रा तर्फ न्यू ओयसिस एकेडेमीले जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ । ओयसिसले धौलागिरी आवासीय माध्यमिक विद्यालयलाई १–० गोलअन्तरले पराजित गर्यो । आयुषा आलेले खेलको इन्जुरी समयमा गरेको गोल नै ओयसिसको जितमा निर्णायक गोल बन्यो ।

प्रतियोगिताको दोस्रो दिन शुक्रबार छात्रतर्फ न्यू एभरेष्ट एकेडेमीविरुद्व रुद्रेपिपल, आयोजक आदर्श विद्यामन्दिर माध्यमिक विद्यालय ‘निलो’विरुद्व न्यू ओयसिस र चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलविरुद्व अमर आदर्श माध्यमिक विद्यालयले खेल्ने छन् भने छात्रातर्फ फ्युचरविरुद्व रुद्रेपिपल माध्यमिक विद्यालय र आदर्श विद्यामन्दिर माध्यमिक विद्यालय विरुद्व विद्यामन्दिर माध्यमिक विद्यालयले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको उद्घाटन बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले गर्नुभएको थियो । उद्घाटन पछि बोल्दै उपप्रमुख खड्काले प्रतियोगिता खेलाडीको क्षमता अभिवृद्धिका लागि महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले निजी विद्यालयले सामाजिक र खेलकुद क्षेत्रमा अघि सरेकोमा खुसी व्यक्त गर्नुभयो ।

उद्घाटन सत्रमा बागलुङ नगरपालिका वडा नं. २ का अध्यक्ष एवम् नगर खेलकुद विकास समितिका संयोजक सुरज बोसेल र नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । आदर्श स्पोर्टस क्लबका अध्यक्ष राजेश के.सी.को अध्यक्षतामा सम्पनन भएको उद्घाटन समारोहमा शिक्षिका जुना के.सी.ले स्वागत मन्तव्य र क्लबका उपाध्यक्ष युनिस मियाँले सञ्चालन गर्नुभएको थियो ।

आदर्श स्पोर्टस् क्लबले आयोजना गरेको प्रतियोगिता जेठ २० गतेसम्म बागलुङ नगरपालिका–१ स्थित बाङ्गेचौर खेलमैदानमा संचालन हुनेछ ।

Share

प्रतिक्रिया

थप समाचारहरु

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

१६ वर्षपछि स्पेन विश्वकपको सेमिफाइनलमा प्रवेश

लोकप्रिय

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

एकल महिलाले अर्को विवाह गरेमा पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

भर्खरै

आईफोन पचाउन साथीको हत्या

अर्मादीमा सवारी दुर्घटना दुईजना घाईते

बागलुङमा दुई बालिका बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस् : अर्थमन्त्री वाग्ले

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki