Skip to content

follow us

baglungkhabar.tv

20th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङ नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

bk logo final png
  • बागलुङखबर
  • ८ जेष्ठ २०८२, बुधबार २०:११
बागलुङ नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रममा लिइएको तस्बिर
बागलुङ नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रममा लिइएको तस्बिर

सुजन रेग्मी
बागलुङ, ७ जेठ । बागलुङ नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएको छ ।

कार्यक्रमको उद्धाटन गर्दै गण्डकी प्रदेशका पूर्वमन्त्री तथा गण्डकी प्रदेश सभा सदस्य दिपेन्द्र बहादुर थापाले स्वास्थ्यकर्मीले पारिश्रमिकभन्दा पनि स्वास्थ्य क्षेत्रमा सहयोग गरेको बताउँदै प्रदेश सरकारले सहयोग गर्ने बताए । स्वास्थ्य क्षेत्र भनेको संवेदनशील क्षेत्र भएकाले स्वास्थ्यकर्मी पनि संवेदनशील हुन आवश्यक रहेको बताए ।

कार्यक्रममा स्वमंसेवीका कल्पना श्रेष्ठ ,नारायनथान स्वास्थ्य शाखाका ऋषिराम शर्मा, प्रदेश जनस्वास्थ्य शाखाका खोप सुपरभाइजर राजु खत्री, बागलुङ नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष ज्ञानेन्द्र गौतम, बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेल, बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले शुभकामना व्यक्त गरेका थिए ।

स्वास्थ्यकर्मीले समयमा नै खोप लगाउँदा मात्र पूर्ण खोप सुनिश्चितता र दिगोपना नगरपालिका घोषणा गर्न पुगेको उनीहरुले बताए । स्वास्थ्य क्षेत्रमा दुर्दराजमा रहेका नागरिकलाई प्राथमिकतामा राखेर काम गरेको उनीहरुले बताए ।

कानुन र स्थानीय स्रोत र साधनको कमी भएकाले स्थानीय तहमा काम गर्न सजिलो नभएको उनीहरुले बताए । कुनै पनि बालबालिका खोपबाट बञ्चित नहुने गरी आगामी दिनमा काम गर्न उनीहरुले सुझाव दिएका थिए । आगामी नीति तथा कार्यक्रममा स्वास्थ्यकर्मीका गुनासालाई स्थानीय स्रोत र साधनले थेग्ने गरी समेट्ने उनीहरुको भनाइ थियो ।

माघ महिना देखि सर्वेक्षण गर्दा वैशाख ३१ गते सम्म १६ महिमादेखि २४ महिनाका ४४९ जना बालबालिकालाई खोप लगाइएको बागलुङ नगरपालिकाका नगर स्वास्थ्य शाखा प्रमुख राम प्रसाद खनालले जानकारी दिए । बागलुङ नगरपालिका भित्र १५ महिनाका बालबालिका ६६३ जनालाई खोप लगाई रहेको स्वास्थ्य शाखा प्रमुख खनालले बताए ।

बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठको अध्यक्षता ,नगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख विष्णु प्रसाद शर्माको स्वागत र नगर स्वास्थ्य शाखा प्रमुख राम प्रसाद खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

१६ वर्षपछि स्पेन विश्वकपको सेमिफाइनलमा प्रवेश

लोकप्रिय

पूर्वाञ्चल क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन अदालतको आदेश

बागलुङमा गोरु काटिरहेको अवस्थामा १० जना पक्राउ

तेस्रो जेसीज कप: उपाधिको लागि गुराँस गुठी र बागलुङ सुधार केन्द्र भिड्ने

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

भर्खरै
Accident

बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना

सुवेदीद्वारा अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग

‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’

बागलुङ ट्राफिकले उठायो पछिल्लो तीन वर्षमै सबैभन्दा कम राजस्व

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki