Skip to content

follow us

baglungkhabar.tv

27th July 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

बागलुङमा बढ्दो बजारीकरणलाई लक्षित गर्दै किरियापुत्री भवन निर्माण

bk logo final png
  • बागलुङखबर
  • ७ बैशाख २०८२, आईतवार २०:४२
उपल्लाचौरमा निर्माण गरिएको सामुदायिक काजकिरिया भवन तस्बिर : अर्जुन कार्की

अर्जुन कार्की

बागलुङ, ७ बैशाख । बागलुङ नगरपालिका वडा नं. ४ उपल्लाचौरमा सामुदायिक काजकिरिया भवन (किरियापुत्री) निर्माण गरिएको छ ।

उपल्लाचौरमा बढ्दो बजारीकरणलाई लक्षित गरी मृत्युपश्चात् गरिने काजकिरियामा सहयोग पु¥याउने उद्देश्यले किरियापुत्री भवन निर्माण गरिएको हो । उपल्लाचौरमा घर भएका, भाडामा बस्ने र विपन्न गरिव नागरिकलाई काजकिरिया कर्म गर्न सहज होस् भन्ने उद्देश्यले सुविधा सम्पन्न काजकिरिया भवन निर्माण गरिएको निर्माण समितिका अध्यक्ष हरिबहादुर जि.सी. (सन्तोष)ले बताउनुभयो । कुल २३ लाख रुपैयाँमा निर्माण गरिएको भवनमा बास बस्न तीन वटा कोठा, तीन वटा शौचालय र तीन वटा पुजा गर्न सत्तल निर्माण गरिएको छ ।

भवन निर्माणको लागि बागलुङ नगरपालिका वडा नं. ४ को वडा कार्यालयले १ लाख ३६ हजार ७ सय रुपैयाँ बजेट विनियोजित गरेको थियो भने अन्य रकम स्थानीयले संकलन गरेको समितिका अध्यक्ष जि.सीले बताउनुभयो । भवन निर्माणको लागि तीन सय ५० जना स्थानीयहरुले आर्थिक सहयोग गरेका छन् ।

भवन गौदीबासी सामुदायिक वन उपभोक्ता समितिको जग्गामा निर्माण गरिएको छ । वि.सं. २०७७ सालमा निर्माण सुरु गरिएको भवन कोरोना भाइरस महामारीको कारण रोकिएर अहिले निर्माण सम्पन्न भएको यस किरियापुत्री भवनको शनिबार बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले उद्घाटन गर्नुभयो ।

कुनै पनि नागरिक काजकिरिया गर्नबाट बन्चित नहोस् भन्ने मुख्य उद्देश्य रहेको भन्दै यहाँबाट हिन्दु धार्मिक परम्परा अनुसार काजकिरिया गर्न सकिने अध्यक्ष जि.सी.ले बताउनुभयो । उपल्लाचौरमा नयाँ बस्तीको रुपमा विस्तार भइरहँदा उपल्लो स्थानमा रहेको पुरानो सत्तलमा अरुलाई काजकिरिया गर्न नदिएपछि नयाँ भवन निर्माण गरिएको अध्यक्ष जिसीको भनाई छ । ‘पछिल्लो समय उपल्लाचौरमा भीमापोखरा, धम्जा लगायतका गाउँबाट बसाईसरी नयाँ घर बनाउनेहरु धेरै हुनुहुन्छ,’ अध्यक्ष जिसीले भन्नुभयो,‘माथिल्लो स्थानमा रहेको पुरानो सत्तलमा नयाँहरुलाई प्रयोग गर्न नदिने भन्ने भएपछि हामीले तल नयाँ भवन निर्माण गरिएको हो । गाउँबाट बजार झरेपछि काजकिरिया गर्न पुनः गाउँ जान गाह्रो भएपछि सत्तल निर्माण गरेका हौं ।’

हिन्दुधर्म मान्ने जुनसुकै जातले भवन प्रयोग गर्न सक्ने अध्यक्ष जिसीको भनाई छ । ‘यो भवनमा बागलुङ नगरपालिका–४ उपल्लाचौरका स्थानीय मात्र होइन अन्य ठाउँका नागरिकले पनि प्रयोग गर्न सक्नुहुन्छ । भवनको प्रयोग गरेबापत कुनै शुल्क तिर्नुपर्दैन । तर कसैले व्यवस्थापनको लागि सहयोग गरेमा स्वीकार्ने छौं,’ अध्यक्ष जिसीले भन्नुभयो ।

निर्माण समितिका सचिव रामकाजी भण्डारीले सामुदायिक काजकिरिया भवन संचालनको लागि पाँच लाख रुपैयाँको संचालन कोष बनाउन अभियान सुरुवात गरिउको बताउनुभयो । उहाँले कोषको रकमबाट आउने व्याजले भवनमा प्रयोगको लागि भाँडा र लत्ता कपाड खरिद तथा विद्युत र पानीको शुल्क तिर्न प्रयोग गरिने बताउनुभयो । भवनमा १०, १२ जना बस्न सक्ने गरी निर्माण गरिएको छ ।

हालसम्म ७ जनाले भवनबाट सुविधा लिइसकेको निर्माण समितिका अध्यक्ष जिसीले बताउनुभयो ।

Share

प्रतिक्रिया

थप समाचारहरु

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा

१६ वर्षपछि स्पेन विश्वकपको सेमिफाइनलमा प्रवेश

लोकप्रिय

पत्रकार गौतममाथि पालिका अध्यक्षको धम्कीप्रती महासंघको ध्यानाकर्षण

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

संवैधानिक परिषद्को बैठक बिहीबार आह्वान

भर्खरै

करेन्ट लागेर भएका घाइतलाई गण्डकी अस्पताल रिफर

बागलुङमा करेन्ट लागेर एक जना घाईते

आईफोन पचाउन साथीको हत्या

अर्मादीमा सवारी दुर्घटना दुईजना घाईते

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki