Skip to content

follow us

baglungkhabar.tv

24th November 2026

  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर
Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • बिचार
  • सूचना–प्रविधि
  • राजनिती
  • कला/शैली
  • आर्थिक
  • प्रवास
  • खेल
  • फोटो फिचर

‘पुष्पाः२’ अब टिभी च्यानलमा पनि हेर्न पाइने

bk logo final png
  • बागलुङखबर
  • ३० चैत्र २०८१, आईतवार ०८:२७

हैजराबाद, ३१ चैत । दक्षिण सुपरस्टार अल्लु अर्जुन र रश्मिका मन्डन्नाको ब्लकबस्टर फिल्म ‘पुष्पाः द रुल’  गत वर्ष ५ डिसेम्बर २०२४ मा थिएटरहरूमा रिलिज भएको थियो। लगभग दुई महिना पछि फेब्रुअरी महिनामा फिल्म ओटीटी प्लेटफर्म नेटफ्लेक्समा स्ट्रिम गरिएको थियो।

यसैबिच, खबर आएको छ कि अब ‘पुष्पाः द रुल’ टिभीमा आउने तयारीमा छ । फिल्म अप्रिल महिनामा विभिन्न भाषामा टिभीमा प्रशारण हुनेछन । तर, हिन्दी भाषासहितको ‘पुष्पा २’ को मिति भने घोषणा नभएकाले भारत उत्तरका दर्शकले केही समय कुर्नुपर्ने भएको छ । हामी तपाइलाई थाहा दिनेछौ, हामी फिल्म कहिले र कहाँ हेर्न सक्षम हुनेछौं ?

हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार अल्लु अर्जुन स्टारर फिल्म ‘पुष्पाः द रुल’ तेलुगु भाषामा आज अर्थात अप्रिल १३ मा साँझ ५ः ३० बजे स्टार माँ च्यानलमा प्रसारण हुनेछ। फिल्म सोही दिन साँझ ६ः३० बजे एसियानेटमा मलयालम भाषामा प्रशारण हुनेछ जबकि कन्नड भाषाको यो चलचित्र कलर्स कन्नडमा साँझ ७ः०० बजे प्रसारण हुने भएको छ ।

‘पुष्पा २’ अर्को दिन अर्थात् १४ अप्रिलमा तमिल भाषामा प्रशारण हुनेछ । दिउँसो ३ः०० बजे स्टार विजयमा हेर्न सक्नुहुन्छ। तर, निर्माताले हिन्दी भाषाको मिति भने अझै घोषणा गरेका छैनन् । अल्लु अर्जुन स्टारर फिल्म ‘पुष्पा २’ को हिन्दी प्रिमियर मिति पनि छिट्टै घोषणा हुने अनुमान गरिएको छ ।

खासमा अल्लु अर्जुनको फिल्म ‘पुष्पाः द रुल’ सन् २०२१ मा रिलिज भएको ‘पुष्पाः द राइज’ को सिक्वेल हो । निर्माताका अनुसार यो फिल्मले विश्वभर १८७१ करोड कमाएको थियो । यो २०२४ को सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ । यसको सफलतापछि निर्माताले तेस्रो भाग ‘पुष्पा ३ः द र्याम्पेज’ पनि घोषणा गरेका छन् ।

Share

प्रतिक्रिया

थप समाचारहरु

नमुना शिक्षालय निर्माण गर्न दीपशिखाले महायज्ञ आयोजना गर्ने

पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरो ः पुर्जासहित १० पर्वतारोही बेपत्ता

टी–२० विश्वकप २०२८ का लागि नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

लोकप्रिय

बागलुङमा महिलालाई साबुन बनाउने तालिम, सीपलाई उद्यमसँग जोड्ने प्रयास

बागलुङमा वर्षासँगै पहिरो, दुई राजमार्ग अवरुद्ध

गणेश पोवीसरा स्मृति कोषद्वारा सञ्चालित छात्र भलिबलको फाइनल समीकरण पूरा

चाडपर्वलाई लक्षित गर्दै बागलुङमा सुरक्षा व्यवस्था कडा

भर्खरै

बागलुङमा कर सप्ताह सकियो

नेपाली काँग्रेस बागलुङ इतर पक्षको सभापतिमा छन्त्याल चयन

बागलुङमा राष्ट्रिय कर सप्ताह ः करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जनता सँगै चुनावमा हुन्छु : देउवा

​सुचना विभाग दर्ता नं.: ३१४५–२०७८/७९

Baglung Media House Pvt. Ltd
Baglung Municipality-2, Baglung
Phone: 9748761001
Email: baglungkhabarnews@gmail.com

विज्ञापनको लागि:​
Phone: 9748761001, 9867685343, 9857620300
Email: baglungkhabarnews@gmail.com

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram

हाम्रो बारे

हाम्रो टिम 

प्रकाशक:
सिर्जना कार्की

सम्पादकः
रामु जि.सी. 

सह-सम्पादक:
खिम बहादुर कार्की 

संवाददाताः
सुजन रेग्मी

© 2021 baglungkhabar.com सर्बाधिकार सुरक्षित 
 
 Designed By: Hari Karki